आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सानेपाबाट विश्वप्रकाशले सिकाए ओलीलाई सवक, दिए यस्ता अर्ती

सानेपाबाट विश्वप्रकाशले सिकाए ओलीलाई सवक, दिए यस्ता अर्ती

  • सोमवार, फाल्गुण १९ २०७६

  • 5.1K
    SHARES

  • काठमाडौं– नेपाली कांग्रेसले ७० करोड घुस प्रकरणमा मुछिएका निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिरक्षा गरेको भन्दै आपत्ति जनाएको छ। सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले न्यायाधीश बनेर फैसला सुनाएको भन्दै आपत्ति जनाएका हुन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रणमा घुस मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका थिए। सरकारका प्रवक्ता नै घुस प्रकरणमा मुछिएपछि चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले गत साता बाँस्कोटाको प्रतिरक्षा गरेका थिए। ओलीले बाहिर आएको अडियो नक्कली भएको र अख्तियारमा परेको उजुरी भ्रष्ट भएको बताएका थिए। तर, कांग्रेसले बाँस्कोटामाथि छानविन हुन नसकेको भन्दै आपत्ति जनाएको छ। ‘उहाँ (बास्कोटा) माथि छानिवन भएर कारवाही प्रक्रिया अघि बढेन नै। प्रधानमन्त्रीले नै अडियो टेप नक्कली हो भन्नुभयो,’ प्रवक्ता शर्माले भने, ‘बहस गर्न अख्तियार प्राप्त वकिल हुन्छन् र फैसला गर्ने न्यायाधीश। प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी पूरा गर्ने हो, न्यायाधीश बनेर फैसला गर्ने होइन।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण १९ २०७६११:३७:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend