आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सभापति देउवाद्वारा थप ७ वटा विभाग गठन, यी हुन् भाग्यमानीहरु

सभापति देउवाद्वारा थप ७ वटा विभाग गठन, यी हुन् भाग्यमानीहरु

  • सोमवार, फाल्गुण १९ २०७६

  • 3.6K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सात वटा विभागको संयोजकहरू तोकेका छन् । सभापति देउवाले सोमबार विज्ञप्ति जारी गरेर सात वटा विभागका संयोजकहरू तोकेका हुन् । ‘कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ ९१० (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरुलाई देहाय बमोजिमका केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गर्नु भएको छ’, विज्ञप्तिमा भनिएको छ । सभापति देउवाले केन्द्रीय सदस्य एनपी साउँदलाई शुभेच्छुक संस्था समन्वय विभागको जिम्मेवारी दिए । अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभाग, ईश्वरी न्यौपानेलाई महिला विभागको जिम्मेवारी दिएका छन् । केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग, मोहनबहादुर बस्नेतलाई खेलकूद विभागको संयोजकको जिम्मेवारी दिइएको छ । बीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभागको जिम्मेवारी दिएका छन् । सभापति देउवाले हरिप्रसाद नेपाललाई शिक्षा विभागको जिम्मेवारी दिएका छन् । यसअघि सभापति देउवाले विभिन्न १३ वटा विभाग गठन गरिसकेका छन् ।वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विभाग गठनको विरोध गर्दै आएको छ । नेता कृष्णप्रसाद सिटौलाले विभाग गठनमा सहमति जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण १९ २०७६०९:५४:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend