आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रचण्डले जुत्ता भेटेपछि कांग्रेसका यी सांसदले दिए कम्युनिस्टलाई बच्ने उपाए !

प्रचण्डले जुत्ता भेटेपछि कांग्रेसका यी सांसदले दिए कम्युनिस्टलाई बच्ने उपाए !

  • सोमवार, फाल्गुण १९ २०७६

  • 5.2K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रिय सभाको कार्यक्रममा जुत्ता काण्ड  घटनाले गम्भीर प्रश्न उब्जाएको बताएका छन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद मुसलमानले जनतामा बढ्दै गएको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने बताए । घुमाउरो भाषामा सांसद मुसलमानले अहिलेको सत्ताको नेतृत्व गरेका दलका शीर्ष नेताहरूसँग जनतामा वितृष्णा पैदा भएको बताए । ‘लोकतन्त्रमा नेतृत्वमा रहेका नेताहरूप्रति जुनकिसिमको वितृष्णा पैदा भइरहेको छ त्यसले हामी सबै दलहरूका वीचमा एउटा सहमति भइ राष्ट्रलाई एउटा निकास दिनुपर्ने आवश्यक्ता छ’, उनले भनेका छन् । ‘यसरी नेताहरूप्रति नै वितृष्णा फैलिन गइ राष्ट्रिय सभामा जुन घटना भयो त्यो देशव्यापी भयो भने कहिँ न कहिँ लोकतन्त्र धरापमा पर्न सक्छ’, कांग्रेसका सांसद मुसलमानले, ‘त्यसैले सबै दलहरू एक ठाउँमा उभिएर जसरी हामी विभिन्न आन्दोलनमा एक आपसमा सहयोग गर्यौँ त्यसैगरी नेतृत्वप्रतिको विश्वासलाई अगाडि पनि कायम गरौँ ।’ नेपाली कांग्रेसका सांसद मुसलमानले प्रधानमन्त्री खड्गप्रसाद ओलीले मिर्गौंला प्रत्यारोपण गर्न लागेकोमा स्वास्थ्यलाभको शुभकामना दिए । ‘प्रधानमन्त्री उपचारका लागि अस्पतालमा जाने प्रक्रियामा रहेकाले मिर्गौंला प्रत्यारोपण सफल हुनेछ भन्दै सुस्वास्थ्यको कामना गर्दछु’, उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण १९ २०७६०९:४८:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend