काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रकाश रसाईली स्नेहीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेका छन्।
सोमबारको प्रतिनिधीसभा बैठकको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री ओलीले देशलाई भ्रष्टाचारको आहालमा डुबाएको अरोप लगाए।
‘सरकारका प्रवक्ता गोकुल बास्कोटाले ७० करोड मागेको अडियो संवाद आइसकेपछि प्रधानमन्त्रीले प्रतिरक्षा गर्न यो अडियो डुब्लिकेट हो, क्यारिकेचर गरेर बनाइएको हो। यो प्रमाणित हुन सक्दैन भन्नुभयो ।
अख्तियार, न्यायलय अनुसनधान गर्ने निकायलाई औंलो ठड्याएर भनेको कुराले उहाँ संवैधानिक अंग, लोकतान्त्रिक प्रक्रियाका प्रतिवद्ध नभएको देखिएको छ,’ उनले भने, ‘देश अहिले कोरोना भाइरस भन्दा भ्रष्टाचारको भाइरसबाट ग्रसित छ।’
उनले सरकारले राजस्व उठाउन नसकेका कारण इन्धनमा कर थप्ने निर्णय गरेको भन्दै आपत्ति जनाए। ‘सरकारले राजस्व उठाउन सकेन। जनताको पक्षमा काम गर्न सकेन।
आज नेपाली जनताले प्रतिलिटर पेट्रोलमा ४४ रुपैयाँ, डिजेलमा २७ र हवाई इन्धनमा २४ रुपैयाँ कर बुझाउनु परेको छ, उनले भने, ‘त्यो केका लागि भन्दा भ्रष्टाचारका लागी। पुँजिगत बजेटको एक चौथाई सरकारले खर्च गर्न नसकेको छैन। तर, जनतालाई भने करको मार, त्यो पनि संसद छलेर?’
उनले प्रधानमन्त्री ओलीको कुर्सी भ्रष्टाचारको आहालमा डुबेको बताए। ‘जसरी प्रधानमन्त्री रोगको आहालमा हुनुहुन्छ त्यसरी नै भ्रष्टाचारको अहालमा हुनुहुन्छ,’ उनले भने, ‘त्यसैले उहाँको कुर्सी मात्र देखिन्छ।’
उनले सरकार सुसाशन कायम गर्न र मितव्ययी बनाउन तर्फ अग्रसर नभएकोभ भन्दै ओलीलाई राजिनामा गर्न आग्रह गरे। ‘प्रधानमन्त्री ज्यू सफल मिर्गौला प्रत्यारोपण गरेर बालुवाटारमा होइन, सुनपानी छर्किएर गोकुल धाममा सर्नुहोस्। नैतिकता बाँकी छ भने राजिनामा दिनुहोस,’ उनले भने।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।