काठमाडौं– राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले सरकारले तराई–मधेसमा समानुपातिक विकास नगरेको आरोप लगाएका छन्।
सोमबार बसेको प्रतिनिधीसभा बैठकको विशेषसमयमा बोल्दै उनले वर्तमान सरकार कर मात्रै थप्न लागेको आरोप लगाए। ‘सरकारले इन्धनमा १० रुपैयाँ कर लगाउने निर्णय गरेको छ।
यो जनताको हितविपरितको काम हो,’ उनले भने, ‘संसद संचालन हुँदाको अवस्थामा सरकारले यसरी पाँच रुपैयाँ कर लगाउने निर्णय गरेर संसदको अपमान गरेको छ।’
उनले आर्थिक बर्ष ०७२–०७३ मा बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि इन्धनमा पाँच रुपैयाँ कर लगाएको तर ४० अर्ब रुपैयाँ जम्मा भएको अवस्थामा परियोजना सुरु हुन नसकेको भन्दै आपत्ति समेत जनाए।
उनले कर देशका सबै भागबाट उठाइने भएपनि विकासमा भने मधेसलाई भेदभाव गरिएको बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।