आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चोरबाटोबाट कर बढाएर कम्युनिस्ट सरकारले जनतालाई ठग्योः बडु

चोरबाटोबाट कर बढाएर कम्युनिस्ट सरकारले जनतालाई ठग्योः बडु

  • सोमवार, फाल्गुण १९ २०७६

  • 4.1K
    SHARES

  • काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले सरकारले इन्धनमा दोब्बर कर लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। सोमबार बसेको प्रतिनिधीसभाको बैठकको विशेष समयमा बोल्दै बडुले सरकारको निर्णय माथि आपत्ति जनाएका हुन्। ‘सरकारले इन्धनमा दोब्बर कर लगाउने निर्णय गरेको छ। आफुले प्रक्षेपण गरेको राजस्व उठाउन असफल भएकाले चोरबाटोबाट कर बढाउने निर्णय गरिएको छ,’ उनले भने, ‘योे संसदको अपमान हो। संसद चलिरहेको अवस्थामा चोर बाटोबाट कर बढाएरे आपत्तिजनक काम गरेको छ।’ बडुले कोरना भाइरसबाट बच्न भएको तयारीबारे संसदमा जानकारी गराउन सरकारसँग माग गरेका छन्। चीनको बुहान प्रान्तबाट फैलिएको भाइरस ५७ देशमा फैलिइसकेको भन्दै उनले विश्वस्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको भन्दै सरकारले तयारी बारे संसदमा जानकारी गराउनुपर्ने बताए। ‘सरकारले तयारी बारेसंसदमा जानकारी गराउनुपर्छ। उप्रधानमन्त्रीको संयोजकत्वमा सतर्कताका लागि समिति बनाइएको छ। तर, यसले के काम गर्नेछ? संसदलाई जानकारी गराइयोस्,’ उनले भने, ‘भिजिट २०२० हाललाई स्थगित गरेको। अहिलेका लागि यो उपयुक्त निर्णय हो। तर, एक हप्ता यतालाई हेर्ने हो भने निर्वाधरुपमा विदेशीहरु आइरहेका छन् । थर्मन स्क्यानिङ मात्र गरिएको छ। क्वारेन्टाइनमा राख्ने कुरामाराख्न सकेनौं भने संक्रमण अझै बढ्न सक्छ। १ लाख भन्दा बढी विना चेकजाँच नगरी भित्रिएका छन्।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण १९ २०७६०८:४७:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend