आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काम गर्न नसकेको भन्दै नेकपाकै सांसदले गरे सरकारको आलोचना

काम गर्न नसकेको भन्दै नेकपाकै सांसदले गरे सरकारको आलोचना

  • सोमवार, फाल्गुण १९ २०७६

  • 5.2K
    SHARES

  • काठमाडौं, फागुन १९- सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद देवेन्द्र पौडेलले सरकारले काम गर्न नसक्दा जनताका गुनासा बढेको बताएका छन्। सोमबार बसेको प्रतिनिधी सभा बैठकको विषेश समयमा बोल्दै पौडेलले इतिहासमै बलियो सरकार बनेपनि काम भने गर्न नसकेको बताए । उनले सांसदहरुले मन्त्रालयमा योजना बोकेर भैलो खेल्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए। अहिले सांसदले योजनाको फाइल बोकेर मन्त्रालयमा भैलो खेल्नुपरेकाले नीति निर्माणमा बलियो भूमिका खेलन नसकेको उनको भनाइ छ। ‘सरकारसँग अनुरोध छ, सांसदले भैलो खेल्ने गरी योजना लिएर हिँड्ने अवस्थाको अन्त्य होस्,’ उनले भने, ‘विज्ञहरुको टिम खडा गरेर स्पष्ट विकासको खाका तयार सरकार अघि बढोस्। सांसदले फाइल बोकेर जाँदा कर्मचारीले अल्झाए भन्ने जवाफ आउँछ। कर्मचारीले कानुन देखाउँछन्।’उनले सकारको कोषमा अहिले पनि २ खर्ब भन्दा बढीसञ्चिती रहेको भन्दै विकास निर्माणको काममा तिव्रता दिन सरकारसँग आग्रह गरे। ‘विकास निर्माणको कामलाई तिव्रता दिइयोस्, त्यसमा ढिलाइ भएको छ। सरकारका मन्त्री र प्रधानमन्त्रीको नेतृत्वमा संचित भएको रकम विकास निर्माणमा लगाइयोस्,’ उनले भने, ‘जनताले विकास निर्माणको तव्रिता खोजेका छन्। राष्ट्रिय गौरवका योजना सुस्त गतीमा अघि बढेका छन्। कानुनी जटिलता फुकाएर तोकिएका समयमा पुरा गर्नुपर्छ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण १९ २०७६०८:४१:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend