आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

महरा–पोखरेलका कार्यकर्ता कांग्रेसमा प्रवेश, खनालले गरे स्वागत

महरा–पोखरेलका कार्यकर्ता कांग्रेसमा प्रवेश, खनालले गरे स्वागत

  • सोमवार, फाल्गुण १९ २०७६

  • 4.5K
    SHARES

  • घोराही -प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले दाङको बंगलाचुली गाउँपालिकामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएका छन् । नेता खनालले नेकपाका नेता खुमबहादुर बुढाथोकीको नेतृत्वमा एक दर्जन बढी नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेसको बंगलाचुली गाउँपालिका वडा नम्बर १ ले आइतबार बोजपोखरामा आयोजना गरेको कार्यक्रममा खनालले नेकपाका नेता तथा कार्यकर्ताहरू पार्टीमा भित्र्याएका हुन् । यसैवीच, नेपाली कांग्रेसका युवा नेता खनालले कांग्रेसलाई गाउँस्तरसम्म एकढिक्का बनाएर लैजानुपर्ने बताएका छन् । उनले सिंगो पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने हरेक नेता तथा कार्यकर्ताहरूको दायित्व रहेको बताए । नेपाली कांग्रेसका युवा नेता खनालले व्यक्तिगत स्वर्थको भावना सधैँका लागि अन्त्य हुनुपर्ने बताएका छन् । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारको आलोचना गरेका नेता खनालले सरकार एकपछि अर्को काण्डमा फस्दै गएको बताए । कम्युनिस्ट सरकारका कारण्डका कारण जनता आजित बनिसकेको खनालले बताएका छन् । दुईतिहाईको शक्तिशाली कम्युनिस्ट सरकारले नेपाली जनतालाई ठूलो विश्वासघात गरेको बताए । ‘कम्युनिष्टले जनतालाई दिएको ज्यादती अन्त्यका लागि अब कांग्रेस शक्तिशाली बन्नै पर्छ’, उनले भने । वर्षौंदेखि जनताको पक्षमा लड्दै आएको कांग्रेसले अहिलेको सरकारले दिएको दुःख टुलुटुलु हेरेर बस्न नसक्ने उनले बताएका छन् । यसका लागि सबैभन्दा पहिला कांग्रेस आफू बलियो हुनुपर्ने उनले बताए । कांग्रेसभित्रको तिक्तता मेटेर बंगलाचुलीमा सशक्त पार्टी निर्माणका लागि जुट्न युवा नेता खनालले सबैलाई आग्रह गरेका छन् । कांग्रेसका वडा सभापति भुपाराम पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथी महासमिति सदस्य खगराज पाण्डे, कांग्रेस जिल्ला सदस्य भेषराज खत्री, बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारी, वडाध्यक्ष पदम खत्री लगायतले आ–आफ्नो धारणा राखेका थिए । प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेल र पूर्वसभामुख एवम् नेकपाका नेता कृष्णबहादुर महराको यो क्षेत्रमा कम्युनिस्टसँग आजित बनेकाहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण १९ २०७६०४:५९:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend