आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पार्टी कार्यालयभित्र विद्यार्थी पिट्ने प्रहरीलाई के गर्नुपर्छ नेविसंघलाई थाहा छ : थापा

पार्टी कार्यालयभित्र विद्यार्थी पिट्ने प्रहरीलाई के गर्नुपर्छ नेविसंघलाई थाहा छ : थापा

  • आइतवार, फाल्गुण १८ २०७६

  • 6.2K
    SHARES

  • पोखरा – नेपाल विद्यार्थी संघ (नेविसंघ) कास्कीका निवर्तमान सभापति विकास थापाले शैक्षिक आन्दोलनमा होमिएका विद्यार्थीलाई पार्टी कार्यालयभित्रै आएर कुटपिट गर्ने प्रहरीलाई के गर्नुपर्छ भनेर नेविसंघलाई थाहा भएको चेतावनी दिएका छन् । नेविसंघले फागुन १८ गतेका लागि आह्वान गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत पोखरामा विरोध प्रदर्शनका क्रममा थापाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र प्रहरीलाई कडा चेतावनी दिएका छन् । फागुन १८ गते देशभरका क्याम्पसमा नेविसंघको नेतृत्वमा सरकारद्वारा गरिएको पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, जथाभावी कर वृद्धि र स्ववियु निर्वाचनबारे सरकारी कार्यको विरोध गर्दै विरोध प्रदर्शन कार्यक्रम गरिएका छन् । नेविसंघ केन्द्रको निर्देशन अनुसार कास्कीका विभिन्न क्याम्पसमा समेत भव्यताका साथ बिरोध कार्यक्रम सम्पन्न भएको नेविसंघ नेता विपिन पौडेलले जानकारी दिए । नेविसंघ पोखरा विश्वविद्यालय इकाईद्वारा पोखरा विश्वविद्यालयमा आयोजित विरोध कार्यक्रमम नेविसंघ पूर्व केन्द्रीय सदस्य सरोज केसी, भानु ढकाल, पूर्व आमन्त्रित केन्द्रीय सदस्य हेमन्त पाण्डे, नेविसंघ कास्की निवर्तमान सभापति विकास थापा लगायतका विद्यार्थी नेताले विरोध कार्यक्रममा आफ्नो भनाइ राख्दै कम्युनिस्ट सरकारविरुद्ध खरो रुपमा प्रस्तुत भएका थिए । कार्यक्रममा बोल्दै निवर्तमान सभापति विकास थापाले केही दिन पहिले नेविसंघ केपी ओलीविरुद्ध आन्दोलनको मैदानमा होमिएको समयमा नेपाल प्रहरीले नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयभित्र छिरेर विद्यार्थीमाथि कुटपिट गर्दै लाठी हानेर गिरफ्तार गरेको घटना निन्दनीय भएको बताए । पार्टी कार्यक्रममा अवैध कार्यको नेतृत्व सम्हालेका नेकपा कार्यकर्ता सरहको व्यवहार गर्ने नेपाल प्रहरीका असईलाई हबल्दार कसरी बनाउने भनेर नेपाल विद्यार्थी संघलाई राम्रोसँग ज्ञान भएको र नेपाल प्रहरी नेकपा प्रहरी नहुन समेत नेता थापाले आग्रह गरेका छन् । आफ्नो महत्त्वपूर्ण समयमा पनि पोखरा विश्वविद्यालयद्वारा आयोजित विरोध कार्यक्रममा उपस्थित भएकोमा सम्पूर्ण विद्यार्थी नेता, कार्यकर्ता एवं नेविसंघका शुभचिन्तकलाई हार्दिक धन्यवाद व्यक्त गर्दै नेविसंघ पोखरा विश्वविद्यालयका सभापति फिरोज सुवेदीले कार्यक्रम समापन गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण १८ २०७६०३:५९:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend