काठमाडौं - सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्र*हार भएको छ ।
राष्ट्रिय सभा गृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा प्रचण्डमाथि जुत्ता प्र*हार भएको हो ।
कार्यक्रमलाई सम्बोधन गरेर फर्किंदा दर्शकदीर्घाबाट प्रचण्डलाई नै प्र*हार भएको जुत्ताले उनलाई लागेको थिएन ।
जुत्ता मञ्चसम्म नै पुगेन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको बताइएको छ ।
केही वर्ष अघि भृकुटीमण्डपमा तत्कालीन माओवादीले आयोजना गरेको चियापान कार्यक्रममा प्रचण्डमाथि आफ्नै कार्यकर्ता पदम कुँवरले थप्पड हानेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।