आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओलीले गरे संसदीय मर्यादाको उल्लंघन, चौतर्फी आलोचना

ओलीले गरे संसदीय मर्यादाको उल्लंघन, चौतर्फी आलोचना

  • आइतवार, फाल्गुण १८ २०७६

  • 4.7K
    SHARES

  • काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय मर्यादा उल्लंघन गरेका छन्। प्रमुख प्रतिपक्षी दलका नेता बोल्दा संसद् बैठकमा उपस्थित हुनुपर्ने संसदीय मर्यादा प्रधानमन्त्री ओलीले उल्लंघन गरेका हुन्। संसदमा सत्तारुढ दल संसदीय दलका नेता बोल्दा प्रमुख प्रतिपक्षी दलका नेता उपस्थित हुनुपर्ने र प्रमुख प्रतिपक्षी दलका नेता बोल्दा सत्ता पक्षका नेता उपस्थित हुनुपर्ने परम्परा छ। तर, आइतबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बोल्दा सत्तारुढ दलको संसदीय दलका नेता अनुपस्थित थिए। प्रमुख प्रतिपक्षी कांग्रेसले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसन काण्डबारे संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै आए पनि ओली भने संसदमा बैठकमा अनुपस्थित रहँदै आएका छन्। आइतबार पनि प्रधानमन्त्री ओली प्रतिनिधिसभाको बैठकमा सहभागी भएनन्। नेकपाको सचिवालय बैठक भएकोले प्रधानमन्त्री प्रतिनिधिसभा बैठकमा आउन नसकेको बताइएको छ । आज संसदमा कांग्रेस सभापति शेरबहादुर देउवाले बोलेको जस्ताको तेस्तै  सम्माननीय सभामुख महोदय, प्राण घातक कोरोना भाइरस ५० भन्दा बढी देशमा फैलिइसकेको छ। विश्वस्वास्थ्य संगठन (डब्ल्युएचओ)ले पनि नेपाल पनि उच्च जोखिममा रहेको जनाइसकेको छ। अतः सरकारलाई यसबारेमा आवश्यक सम्पूर्ण प्रबन्ध गर्न अनुरोध गर्दछु। स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुलाई कोरोनाको संक्रमणबाट जोगिन विशेष सतर्कताका लागि अपिल गर्दछु। अहिले सबैभन्दा बढी उठेको इस्यु सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिदको प्रकरणमा संचारमन्त्री (पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा)ले ७० करोड कमिशन मागेको अडियो सार्वजनिक भएको हप्ता पुगिसक्दा पनि गम्भीर छानविन सुरु नहुनुको पछाडि के नियत रहेको छ? यो गम्भीर छ। संचारमन्त्रीले हामीलाई कति आउँछ भनेर बोलेको अडियो प्रष्ट सुनिन्छ। म सम्माननीय प्रधानमन्त्रीजीलाई के सोध्न चाहन्छु भने, हामी भनेर कसलाई भनेका हुन्? हामीभित्र को को पर्दछन्? प्रष्ट गर्नुहोस्। त्यो अडियोको छानविन हुनु पर्छ र छानविन गर्ने निकायले छानविन गर्नु भन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नु भयो। त्यसले छानविन प्रभावित हुन्छ कि हुँदैन? छानविन हुनुभन्दा पहिले नै तपाईले निर्णय दिनुभयो भने तपाईको बोलिको विश्वसनियता कमजोर भएन? त्यस्तै नेपाल ट्रष्टको श्वेत पत्र, सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिद सम्बन्धि ७० करोड कमिशन मागेको अडियोबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भइरहेको छ। गोकर्ण रिसोर्ट लिज प्रकरणको ध्यान मोड्ने प्रयत्न भइरको छ। नेपाल टेलिकमको प्रकरणमा अर्बौँ भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले चार अर्बमा सकेको काम एनटिसीलाई १२ अर्ब कसरी लाग्यो? म प्रधानमन्त्रीको रुपमा रहँदा मन्त्रिपरिषद बैठकबाट मेरो प्रत्यक्ष संलग्नतामा नेपाल ट्रष्टको जग्गा लिजमा दिने सम्बन्धि कुनै निर्णय भएको छैन। म प्रधानमन्त्री भएको बेला मेरो प्रत्यक्ष संलग्नतामा नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएकै छैन। राजनीतिक पूर्वाग्रहवस मेरो नाम कहिपनि जोडिएको विषय र जोड्ने षडयन्त्रप्रति मेरो गम्भीर आपत्ति छ। अन्त्यमा पेट्रोलियम पदार्थमा कर बढाएर जनतालाई थप करको भार बढाउने काम गरेको छ। सरकारले त्यसैले यी सबै कुराहरुमा ध्यान दिएर यो पेट्रोलियम पदार्थको मूल्य बढाएर जनतालाई दुःख दिने कार्य रोक्नका लागि अपिल गर्दछु।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण १८ २०७६०९:३०:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend