आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देउवाले कम्युनिस्ट सरकारलाई संसदबाटै नंग्याए, खोलिदिए गोप्य कुरा

देउवाले कम्युनिस्ट सरकारलाई संसदबाटै नंग्याए, खोलिदिए गोप्य कुरा

  • आइतवार, फाल्गुण १८ २०७६

  • 4.2K
    SHARES

  • काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको एक सातासम्म पनि छानविन अघि नबढाइएको भन्दै आपत्ति जनाएका छन्। आइतबार बसेको प्रतिनिधीसभाको बैठकमा बोल्दै देउवाले अडियोमा हामीलाई कति आउँछ? भनेर बास्कोटाले सोधेको प्रस्ट सुनिएको बताउँदै, हामी भित्र को–को पर्छन? प्रस्ट पार्नुपर्ने बताए। ‘सेक्युरिटी प्रेस खरिद प्रक्ररणमा संचारमन्त्रीले ७० करोड कमिसन मागेको एक हप्ता सम्म पनि छानविन हुन सकेको छैन।अडियोमा हामीलाई कति आउँछ भनेर भनेको प्रस्ट सुनिन्छ। हामी भनेको को–को हुन्? त्यो भित्र को– को पर्छन्? प्रस्ट होस्,’ उनले भने, ‘छानविन हुनुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्नुभयो। छानविन पहिले नै तपाईले निर्णय दिनुभयो भने तपाईको विश्वसनियता कमजोर भएन र?’ उनले ७० करोड कमिसन प्रकरणबाट मुलुकको ध्यान मोड्न नेपाल ट्रस्टको स्वेत पत्र गारि गरिएको आरोप लगाए। ‘सेक्युरिटी प्रेस खरिद प्रक्ररणबाट ध्यान मोड्न स्वेत पत्र ल्याइएको छ। गोकर्ण रिसोर्ट लिज प्रकरण, एनटिसीमा भएको अर्बौ घोटलाबाट ध्यान मोड्ने प्रयत्न भएकोछ,’ उनले भने, ‘एनसेलले ४ अर्बमा फोरजी विस्तार गर्दा एनटिसीलाई ४ १२अर्ब कसरी लाग्यो ? यसलाई लुकाउन खोजिएको छ।’ देउवाले नेपाल ट्रस्टका जग्गा आफु प्रधानमन्त्री हुँदा कसैले लिजमा दिने निर्णय नभएको भन्दै राजनीतिक पूर्वाग्रह राखेर आफ्नो नाम जोडिएको भन्दै आपत्ति समेत जनाए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण १८ २०७६०८:०५:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend