आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मिडिया डबली समाचार प्रभाव : नेकपाका गुण्डा नाइके महर्जन बल्ल पक्राउ

मिडिया डबली समाचार प्रभाव : नेकपाका गुण्डा नाइके महर्जन बल्ल पक्राउ

  • आइतवार, फाल्गुण १८ २०७६

  • 8.0K
    SHARES

  • काठमाडौं – ललितपुरमा गुण्डागर्दी गरेर सर्वसाधारणलाई दुःख दिँदै आएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका गुण्डा नाइके लेखराम महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार मिडिया डबलीमा गुण्डा नाइके महर्जनलाई नेकपा सांसद नवराज सिलवालको संरक्षण रहेको आरोपबारे समाचार प्रकाशित भएपछि प्रहरी एक्सनमा उत्रिएको थियो । समाचार भाइरल भएपछि चेक बाउन्सको उजुरीका आधारमा ललितपुर प्रहरीले महर्जनलाई ठेंचोबाट पक्राउ गरेको छ । ललितपुर प्रहरीका प्रमुख एसएसपी टेकराज राईले महर्जनलाई टेंचोबाट आईतबार बिहान पक्राउ गरिएको बताए । महर्जनलाई पक्राउ गर्न ललितपुर प्रहरीले अदालतबाट अनुमति लिएको थियो । इँटा व्यापारीलाई ठगी गरेर पैसा नभएको चेक दिएपछि महर्जन प्रहरीको फन्दामा परेका छन् । यसअघि पनि महर्जन पटक–पटक विभिन्न अपराधमा सजाय पाइसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । महर्जनलाई ललितपुर नेकपाका नेताहरूले संरक्षण गर्दै आएका छन् । महर्जनलाई छुटाउन नेकपाका सांसद नवराज सिलवालसहितका नेताहरूले राजनीतिक दबाब दिन सक्ने पीडितहरूको गुनासो छ । महर्जनलाई नेकपाका सांसद सिलवालले संरक्षण गर्दै आएको आरोप छ । https://mediadabali.com/news/116111/

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण १८ २०७६०७:५०:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend