काठमाडौं– कम्युनिस्ट सरकारले पोट्रिलियम पदार्थमा कर थोपरेपछि संसदमा हंगामा भएको छ। समावजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता नगरे संसद बैठक अवरोध गर्ने चेतावनी दिएकी छन्।
बिहिबार बसेको प्रतिनिधी सभा बैठकमा बोल्दै गिरीले संसदको अधिकारमा हस्तक्षेप गरेर मन्त्रिपरिषदले पूर्वधार करका नाममा १० रुपैयाँ कर थपेको भन्दै विरोध गरेकी हुन्।
‘संसद छलेर चोरबाटोबाट सरकारले कर थप्ने निर्णय गरेको छ। जनता माथि कर थोपर्ने सरकारको नीति मान्य हुँदैन,’ उनले भनिन्, ‘नेपाल आयल निमग समेत प्रदुषण नियन्त्रण लगायतका विषयमा कर लगाउने गरेको छ।
पहिले बुढिगण्डकी जलविद्युत आयोजनाका लागि ५ रुपैंयाा कर उठाउन थालियो। अहिले फेरी १० रुपैयाँ उठाउने निर्णय भएको छ। यसको निन्दा गर्न चाहान्छु।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।