आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सचिवालयको बैठकलाई ओलीले चक्मा दिदै हिडेपछि सदस्यहरूवीच मुखामुख !

सचिवालयको बैठकलाई ओलीले चक्मा दिदै हिडेपछि सदस्यहरूवीच मुखामुख !

  • आइतवार, फाल्गुण १८ २०७६

  • 4.7K
    SHARES

  • काठमाडौं - झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली नेकपा (माले) का महासचिव चन्द्रप्रकाश मैनाली (सीपी) को स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन टोखामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय असपताल पुगेका छन् । आइतबार बिहान प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल पुगेर मैनालीको स्वास्थ्य उपचारका बारेमा जानकारी लिएका हुन् । मैनालीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । मैनालीलाई भेट्न ओली बिहान साढे एघार बजे अस्पताल गएका हुन् । ओली ग्राण्डी अस्पताल गएपछि बालुवाटारमा बिहान साढे एघार बजेका लागि बोलाइएको नेकपाको केन्द्रीय सचिवालयको बैठक समेत प्रभावित बनेको छ । बैठक शुरू हुन केही समय बाँकी रहेका बेला ओली ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल गएका हुन् । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै सचिवालय सदस्यहरू बालुवाटारमा जम्मा भएका छन् । प्रचण्डसहितका सचिवालयका सदस्यहरूलाई बेवास्ता गर्दै ओली अस्पतालमा सीपी मैनालीलाई भेट्न हिँडेपछि सचिवालयका सदस्यहरूवीच मुखामुख भएको छ । बैठक बोलाएर ओली बालुवाटारबाट बाहिरिएपछि सचिवालयका सदस्यहरू रिसाएका छन् । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसदमा नियुक्ति गर्ने विषयमा बैठकमा छलफल हुनेछ । नेकपाको सचिवालय बैठकले राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रियसभा सदस्यका लागि गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । गौतमको नाममा सहमति जुटाए पनि लगत्तै प्रधानमन्त्री ओलीले असहमति जनाएका थिए । ओलीले अर्थमन्त्री डा।युवराज खतिवडालाई निरन्तरता दिन चाहेका छन् । बहुमत सचिवालयका सदस्यहरू डा।खतिवडाको पक्षमा छैनन् । डा: खतिवडाको रिक्त स्थानमा उपाध्यक्ष गौतमलाई लैजान चाहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण १८ २०७६०७:२३:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend