आइतवार, फाल्गुण १८ २०७६
काठमाडौं– नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले नेकपा पार्टीका शिर्ष नेताहरु बीच देखिएको विवादहरुले प्रधानमन्त्रीको पद जोखिममा नरहेको कुरा उल्लेख गरेका छन् ।
नेम्वाङले क्यानाडा नेपाल नामक अनलाइनसँगको अन्तरवार्तामा भनेका छन्, ‘वामदेव गौतम होस् या अरु कोही व्यक्ति, कसैको स्वार्थको लागि पनि संविधान संसोधन हुदैन । संविधान संसोधन भनेको केटाकेटी खेल होईन त्यसैले समाचारमा आएको हल्ला खल्ला मात्र हुन् । अहिले नेकपाका शिर्ष नेताहरु बीच यो विषयलाई लिएर कुनै खालको पनि विवाद छैन ।’
वामदेव गौतमलाई राष्ट्रिय सभामा लानुपर्ने अडान प्रचण्डले लिए पश्चात प्रधानमन्त्री केपी शर्मा ओलीको पद जोखिममा परेको विश्लेषण आएका बेला उनले त्यसलाई भ्रमपूर्ण भनेका छन् ।
‘समाचारमा धेरै खालको भ्रमपूर्ण खबर आएको पाएँ तर वामदेव गौतमको कारण पार्टीमा कुनै खालको विवाद छैन । प्रचण्डले आफै नै भनिसक्नु भएको छ कि केपी शर्मा ओली नै ५ वर्षको लागि प्रधानमन्त्री हो र यहि नै सत्य हो । ढुक्क हुनुहोस केपी शर्मा ओली नै ५ वर्षको लागि प्रधानमन्त्री हो,’ उनले भनेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।