बिर्तामोड – नेपाली कांग्रेसको २ नम्बर निर्वाचन क्षेत्रको क्षेत्रीय कार्यालय तथा विभिन्न गाउँनगर र वडा कार्यालयका लागि जग्गा उपलब्ध गराउने दाताहरूलाई शनिवार आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
झापा क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनका बीचमा दाताहरूलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यालय स्थापनाका लागि स्व. सीके प्रसाईकी पत्नी गिरिराजकुमारी प्रसाई, छोरा विवेक र बुहारी संगिता प्रसाईले स्व. सीके प्रसाईको स्मृतिमा महानन्दचोक नजिक रहेको एक करोड मूल्य बराबरको एक कठ्ठा जग्गा प्रदान गरेका छन् ।
यसैगरी बिर्तामोड नगर समितिको कार्यालय निर्माणका लागि नेपाली कांग्रेसका पूर्व सचिव स्व. लक्ष्मण खड्काकी धर्मपत्नी अञ्जु खड्काले स्व. लक्ष्मण खड्का स्मृति भवनका लागि १ करोड २५ लाख मूल्य बराबरको बिर्तामोड बजारमा रहेको एक कठ्ठा जग्गा उपलब्ध गराएका छन् ।
यसैगरी बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष समेत रहेका रमेश भुजेल र उनकी श्रीमती विनिता पौडेलले नेपाली कांग्रेस बुद्धशान्तिको कार्यालय निर्माणका लागि ५० लाख मूल्य बराबरको १ कठ्ठा जग्गा उपलब्ध गराएका छन् । उक्त स्थानमा समितिको कार्यालय स्थापना भइसकेको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।