आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यी हुन् कांग्रेसका १३ भाग्यमानी, जसलाई सभापति देउवाले दिए विभागको प्रमुख पद ! (नामावलीसहित)

यी हुन् कांग्रेसका १३ भाग्यमानी, जसलाई सभापति देउवाले दिए विभागको प्रमुख पद ! (नामावलीसहित)

  • शनिवार, फाल्गुण १७ २०७६

  • 5.4K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न १३ वटा विभागका प्रमुख मनोनयन गरेका छन् । पार्टी विधान अनुसार पार्टीका केन्द्रीय सदस्यलाई विभागको प्रमुखमा मनोनयन गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति अनुसार सभापति देउवाले आमन्त्रित केन्द्रीय सदस्य समेत मनोनित गरेका छन् । आमन्त्रित केन्द्रीय सदस्यमा कृष्णकिशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहर नारायण श्रेष्ठ (धनकुटा) र धु्रव वाग्ले (तनहुँ) मनोनित भएका छन् । विज्ञप्तिको पूर्णपाठ – (१) नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरुलाई देहाय बमोजिमका केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गर्नु भएको छ । १ श्री गोपालमान श्रेष्ठ संगठन विभाग, २ श्री रमेश रिजाल संघीय मामिला तथा प्रदेश समन्वय विभाग, ३ श्री फरमूल्लाह मन्सुर मुस्लिम विभाग, ४ श्री अर्जुनप्रसाद जोशी स्थानीय तह समन्वय विभाग, ५ श्री आनन्दप्रसाद ढुंगाना वित्तिय तथा सहकारी संस्था समन्वय विभाग, ६ श्री अजयकुमार चौरसिया तराई–मधेश समन्वय विभाग, ७ श्री महेन्द्र यादव यातायात व्यवसायी समन्वय विभाग, ८ श्री शंकर भण्डारी तरुण विभाग, ९ श्री सीता गुरुङ आदिवासी जनजाति विभाग, १० श्री गोविन्द भट्टराई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, ११ श्री चिनकाजी श्रेष्ठ उद्योग व्यापार विभाग, १२ श्री विश्वप्रकाश शर्मा (प्रवक्ता) सूचना, संचार तथा प्रचार विभाग, १३ श्री शिवप्रसाद हुमागाँइ श्रमिक तथा ट्रेड युनियन विभाग (२) पार्टीको विधान तथा नियमावलीको व्यवस्था बमोजिम सभापति श्री शेरबहादुर देउवाद्वारा केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा (१) श्री कृष्ण किशोर घिमिरे (दाङ), (२) श्री गोपालकुमार बस्नेत (झापा), (३) श्री सुधीरकुमार शिवाकोटी (झापा), (४) श्री मनोहर नारायण श्रेष्ठ (धनकुटा) र (५) श्री धु्रव वाग्ले (तनहुँ) लाई मनोनयन गर्नु भएको छ । (कृष्णप्रसाद पौडेल) मुख्य सचिव

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १७ २०७६०२:०३:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend