आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

‘कोरोनामुक्त’ देशका पर्यटनमन्त्री योगेश भट्टराईलाई ठूलो धक्का !

‘कोरोनामुक्त’ देशका पर्यटनमन्त्री योगेश भट्टराईलाई ठूलो धक्का !

  • शनिवार, फाल्गुण १७ २०७६

  • 5.8K
    SHARES

  • काठमाडौं – नेपाललाई कोरोनामुक्त देश भन्दै विदेशी पर्यटन भित्र्याउने उपाय निकालेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश भट्टराईलाई ठूलो धक्का लागेको छ । नेपाललाई कोरोनामुक्त देश भन्दै विदेशी पर्यटक भित्र्याउन खोजेपछि मन्त्री भट्टराईको आलोचना भएको थियो । विश्वभर फैलिइरहेको कोरोनाकै त्रासका कारण पर्यटक नआउने भएपछि मन्त्री भट्टराईले विदेशमा हुने नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक प्रचार स्थगित गरेको घोषणा गरेका छन् । चीनबाट सुरू भएको कोरोना भाइरसको संक्रमण युरोपसम्म पुगेपछि सरकारले विदेशमा प्रचार रोक्ने निर्णय गरेको छ । मन्त्री भट्टराईले केही समयका लागि भ्रमण वर्षको प्रचारप्रसार स्थगित गरिएको जानकारी दिएका छन् । शनिवार आयोजना गरिएको बौद्ध चामुण्डा हेरिटेज वाक कार्यक्रममा मन्त्री भट्टराईले भने, ‘जब परिस्थिति अनुक्रल हुन्छ, सन्त्रासहरू हट्दै जान्छन्, त्यसपछि हामी सक्रियताका साथ भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रम गर्नेछौं ।’ विदेशी पर्यटक आउने सम्भावना नभएको बेला अब देशभित्रकै पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने मन्त्री भट्टराईले बताए । कोरोनाको संक्रमणले भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्यलाई समेत असर गर्ने देखिएको मन्त्री भट्टराईले बताए । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रमण वर्षलाई महत्वका साथ लिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १७ २०७६०१:१७:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend