आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

डोटीमा कम्युनिस्टलाई झड्का, जिल्ला सह–संयोजक सहित पुरै गाउँ नै कांग्रेसमा प्रवेश

डोटीमा कम्युनिस्टलाई झड्का, जिल्ला सह–संयोजक सहित पुरै गाउँ नै कांग्रेसमा प्रवेश

  • शनिवार, फाल्गुण १७ २०७६

  • 8.5K
    SHARES

  • डोटी-  मुलुकमा व्याप्त भ्रष्टारचार र वेतिथि मौलाउदै गएपछि नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर देशैभरी चलेको छ । डोटीमा पनि पछिल्लो समय कांग्रेस प्रवेश गर्नेको लहर बढीरहेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डोटीका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पूर्व एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका डोटी जिल्ला सह–संयोजकसहित सिलगढीको एउटा पुरै गाउँ नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपामा भ्रष्टाचार मौलाएको भन्दै युवा संघका जिल्ला सह–संयोजक दिनेश केसीसहित दिपायल सिलगढी नगरपालिका–६ को खलङ्गा टोलका बासिन्दा कांग्रेस प्रवेश गरेका छन्। नेकपाका जिल्ला कमिटी सदस्य हरिमाया धामी लगायतका ५० जनाभन्दा बढी स्थानीयबासीन्दा कांग्रेस प्रबेश गरेको कांग्रेस क्षेत्रीय सभापति विजय खड्काले जानकारी दिएका छन् । नयां प्रवेशीहरुलाई खलङ्गा टोलमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटधाट कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा: रणबहादुर रावलले सदस्यता वितरण गर्दै स्वागत आफ्नो पार्टीमा प्रवेश गराएका थिए । पार्टी प्रवेशपछि युवा नेता केसीले आफु देश र समाजको भविष्यलाई हेरेर कांग्रेस प्रवेश गरेको दाबी गरेका छन् । उनले भने,'म कुनै व्यक्तीगत स्वार्थले कांग्रेस प्रवेश गरेको होईन्,‘स्वार्थ बोकेको भए अहिले कम्यूनिष्टबाटै बढी पाउथे ।' उनले थपे, कम्यूनिष्ट पार्टीले राज्य सञ्चालनका क्रममा गरिरहेको भ्रष्टाचार, बदमासी, घुसखोरी र अपराध देखेर मुलूकको भविष्य निकै दयनिय अवस्थामा पुगेको देखेर नेपाली कांग्रेसमा भित्रिएको जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १७ २०७६०५:१६:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend