आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बामदेव र खतिवडा दुवैलाई लोप्पा खुवाउने तयारीमा ओली, यस्तो छ भित्री खेल

बामदेव र खतिवडा दुवैलाई लोप्पा खुवाउने तयारीमा ओली, यस्तो छ भित्री खेल

  • शनिवार, फाल्गुण १७ २०७६

  • 7.0K
    SHARES

  • काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि उपाध्यक्ष बामदेव गौतम र अर्थमन्त्री युवराज खतिवडा दुवैलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस नगर्ने मनस्थिति बनाएका छन्।

    आफू पनि उपस्थित सचिवालय बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेपनि ओलीले अहिलेका अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिन चाहेका थिए।

    उनले वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर सचिवालयको निर्णय नमान्ने पनि बताइसकेका थिए। तर अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत नेताहरू वामदेवलाई सिफारिस गर्नैपर्नेमा अडिग भएपछि प्रधानमन्त्री ओलीले तत्काल दुबै जनालाई सिफारिस नगर्ने मनस्थिति बनाएका हुन्।

    गत माघ ९ गते भएको राष्ट्रिय सभा चुनावका निर्वाचित सदस्यहरूको सपथ फागुन २१ गतेका लागि तोकिएको छ। राष्ट्रिय सभाका अरू निर्वाचित सदस्यहरूलाई फागुन २१ गते नै सपथ गराएपनि राष्ट्रपतिबाट मनोनित हुने सिट अहिलेलाई खाली राख्ने मनस्थितिमा प्रधानमन्त्री छन्। सो सिटमा अर्थमन्त्री खतिवडाको सट्टा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउनुपर्ने नेकपा सचिवालयका बहुमत सदस्यको राय छ।

    प्रधानमन्त्री ओली भने युवराज खतिवडालाई नै राष्ट्रिय सभामा निरन्तरता दिन चाहन्छन्। सचिवालयले बुधबार सर्वसम्मत रुपमा राष्ट्रिय सभामा गौतमलाई लैजाने निर्णय गरेकाले त्यो निर्णय विपरित खतिवडालाई लैजान प्रम ओलीलाई अप्ट्यारो परेको छ। त्यसैले प्रम ओलीले हाललाई गौतम र खतिवडा दुबैलाई राष्ट्रियसभामा सिफारिस नगर्ने मनस्थिति बनाएका हुन्।

    खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन प्रम ओलीले उनलाई पुनः मन्त्री नियूक्त गर्नेछन्। मन्त्रीको रुपमा नयाँ सपथ खाएपछि खतिवडा ६ महिनाका लागि संविधान अनुसार मन्त्री रहन पाउँछन्। यसो गर्दा सचिवालयको निर्णय उलंघन गरेको पनि नहुने र थप छलफलका लागि समय प्राप्त हुने बालुवाटारको रणनीति छ।

    सचिवालयको निर्णयअनुसार वामदेवलाई नै सिफारिस गर्ने कि खतिवडालाई नै निरन्तरता दिने रस्साकस्सीबीच प्रधानमन्त्री ओलीले तत्काल कसैलाई सिफारिस नगर्ने नयाँ विकल्प ल्याएका हुन्।

    यसअघि प्रधानमन्त्री ओलीनिकटहरूले राष्ट्रिय सभामा कसलाई सिफारिस गर्ने भन्ने कुरा सरकारको भएकाले त्यसमा पार्टीले हस्तक्षेप गर्न नमिल्ने तर्क गरेका थिए। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले राष्ट्रिय सभाको मनोनित कोटामा कसलाई पठाउने भन्ने विषय सरकार र राष्ट्रपतिको रहेको बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १७ २०७६०४:१५:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend