आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ईश्वर पोखरेलले छाडे केपी ओलीको साथ, बालुवाटार एक्लिएपछि खैलाबैला !

ईश्वर पोखरेलले छाडे केपी ओलीको साथ, बालुवाटार एक्लिएपछि खैलाबैला !

  • शुक्रवार, फाल्गुण १६ २०७६

  • 5.6K
    SHARES

  • विराटनगर – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनय गर्ने पार्टी निर्णयलाई चुनौती दिइरहेका प्रधानमन्त्री केपी शर्मा ओली एक्लिएका छन् । उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने सचिवालय बैठकको निर्णय कार्यालय हुने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक अभिव्यक्ति दिएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै पोखरेलले गौतम सरकारको तर्फबाट राष्ट्रियसभा सदस्य हुने दाबी गरे । यसअघि प्रधानमन्त्री ओलीलाई ईश्वर पोखरेलले सघाइरहेको अनुमान भइरहेको थियो । ओलीले पार्टी निर्णय अनुसार गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन नगरी अर्थमन्त्री डा. युवराज खतिवडालाई पुनः मनोनित गर्ने अडान लिएका छन् । अस्वाभाविक अडानपछि ओली सचिवालयमा एक्ला परेका छन् । ‘सचिवालयको बैठकले कमरेड वामदेव गौतमको बारेमा जुन निर्णय गरेको छ, निर्णय कार्यान्वयन गर्नकै लागि भएको हो र हुन्छ । तर कहिलेदेखि कार्यान्वयन हुन्छ भन्ने बारेमा कुनै समय निर्धारण गरेको छैन,’ उनले भने, कार्यान्वयन हुने एउटा क्रम छ, प्रक्रिया छ, समय छ, विधि छ, त्यस अनुसार हुन्छ ।’ मन्त्री पोखरेलले नेकपाभित्र नयाँ प्रधानमन्त्री खोज्ने काम शुरू भएको र सरकारको नेतृत्व परिवर्तनको प्रोपोगण्डा केही सञ्चारमाध्यमले फैलाएको आरोप लगाएका छन् । पोखरेलले केही दिनअघि सार्वजनिक गरेको नेपाल ट्रस्टबाट जारी भएको स्वेतपत्रमा केही मितितिथि तल–माथि भएको हुनसक्ने बताएका छन् । ‘नेपाल ट्रस्टले जारी गरेको स्वेतपत्रमा आफूलाई बदनाम गर्ने खोजियो भनेर कोही अत्ताालिनु आवश्यक छैन,’ पूर्वमन्त्री जर्नादन शर्माप्रति लक्षित गर्दै उनले भने, ‘इमान्दार हो, केही गरेको छैन भने कोही मन्त्री, नेताले अत्तालिनु आवश्यक छैन ।’ शर्माले गलत नियतका साथ आफ्नो नाम पोखरेलले श्वेतपत्रमा राखेको भन्दै संसदमा विरोध गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण १६ २०७६०३:१५:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend