काठमाडौं - मोडल खुश्वु ओलीलाई चेक बाउन्स प्रकरणमा जल्ला अदालत काठमाडौंले शुक्रबार दुई वर्षको जेल सजाय सुनाएको छ ।
चेक बाउन्सको मुद्धामा जिल्ला अदालत काठमाडौंले उनलाई दुई वर्षको सजायको फैसला सुनाएको हो ।
ओलीले पैसा नभएको कुमारी बैंकको चेक दिएकी थिइन् । सप्तरी जिल्लाको राजविराज–८ का गोपाल कटुवाललाई पैसा नभएको चेक दिएपछि कटुवालले चेक बाउन्समा मुद्धा दर्ता गराएका थिए ।
यसअघि तीन महिनाभित्र रकम तिर्नभन्दै अदालतले पूर्पक्षका लागि थुन्ने आदेश दिएको थियो । ओलीले उक्त रकम तिरिनन् ।
२ वर्षअघि ओलीले कटुवाललाई आफूले घरजग्गा किन्न लागेको र त्यसका लागि रकम चहिएको भन्दै ३६ लाख लिएकी थिइन् ।
खुश्बु ओली नाममा रहेको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ मार्फत् उनले ३६ लाख रुपैयाँको चेक कटुवाललाई दिइन् ।
त्यसमा रकम थिएन । कुमारी बैंक न्युरोड शाखामा कटुवालले चेक बाउन्स गराई अदालतमा मुद्दा हालेका थिए ।
विनिमय अधिकारपत्र ऐन २०३४ को दफा ५३ बमोजिम कटुवालले मोडल ओलीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
मुद्दाको फैसला गर्दै ओलीलाई जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार दुई वर्ष कैदको फैसला सुनाएको हो ।
मोडल ओली विभिन्न विवादमा तानिने गरेकी थिइन् । उनी इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’सँगको सम्बन्धका कारण पनि चर्चामा थिइन् । केही विवादीत प्रहरी अधिकारीसँग पनि उनको सम्बन्धको चर्चा चल्ने गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।