आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट मुख्यमन्त्रीलाई आपत, बालिकाले हालिन् यौन दुर्व्यवहारको मुद्धा

कम्युनिस्ट मुख्यमन्त्रीलाई आपत, बालिकाले हालिन् यौन दुर्व्यवहारको मुद्धा

  • शुक्रवार, फाल्गुण १६ २०७६

  • 8.3K
    SHARES

  • काठमाडौं - बालिका खड्काले प्रदेश १ का कम्युनिस्ट मुख्यमन्त्री शेरधन राईविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेकी छिन् । दोलखाकी खड्काले शुक्रबार मुख्यमन्त्री राईलाई यौन दुर्व्यवहारको आरापमा मुद्धा दायर गरेकी हुन् । उनले आफूमाथि घरेलु हिंसा, शारीरिक यातना र यौन दुर्व्यवहारको प्रयास गरेको भन्दै खड्काले मुद्दा दर्ता गराएकी हुन् । उनले मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी पनि गरेकी छिन् । खड्काले मुख्यमन्त्री राईसँग आधा अंश माग गरेकी छिन् । मुख्यमन्त्री राईसँग खड्का लिभिङ टुगेदरमा बसेको निवेदनमा उल्लेख छ । राईसँग पार्टीगत कामको सिलसिलामा भेटघाट बाक्लिदा माया बस्न गएको खड्काले बताएकी छिन् । उनले राईलाई नेकपा (एमाले)का वैकल्पिक पोलिटब्युरो सदस्य हुँदादेखि नै आफूलाई चिनेको दाबी गरेकी छिन् । खड्का युवा संघ नेपालको केन्द्रीय सदस्य र महिला युथ फोर्सको केन्द्रीय सचिव थिइन् । उजुरीमा लेखिएको छ, ‘मुलुकी देवानी संहिता, २०७४ को दफा ६७ अनुसार विपक्षी पति र मबीच एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरी विवाह भएको हुँदा ऐ. संहिताको दफा २०५, २०६, २०९, २११, २१२, २१३ समेतका आधारमा प्रस्तुत फिराद गर्न आएकी छु ।’ मुद्दामा भनिएको छ, ‘अंशबण्डा गर्ने सम्पत्तिको फाँटवारी देखाई फिराद गर्नु पर्नेमा विपक्षी जिम्माको सम्पत्ति मलाई हाल जानकारी नभएको र मसँग बण्डा गर्ने कुनै पनि सम्पत्ति नभएको हुँदा संहिताको दफा २२१, २२२, २२३, २२४, २२५ समेतका आधारमा बण्डा गर्ने सम्पत्तिको तायदाती फाँटवारी माग गरी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी जम्मा सम्पत्तिलाई २ भाग गरी १ भाग अंश दिलाइ चलन चलाई पाऊँ ।’ राईले विद्यादेवी भण्डारी पहिलोपटक राष्ट्रपति नियुक्त भएको दिन बेलुका रात्रिभोजमा आफूमाथि मदिराको जोशमा यौन दुर्व्यवहार गर्न कोसिस गरेको आरोप पनि लगाएकी छिन् । घटनापछि राईले आफूलाई ‘हामी लोग्ने स्वास्नी हौं’ भनी फकाएकोसमेत उनले उजुरीमा उल्लेख गरेकी छन् । राई सूचना तथा सञ्चारमन्त्री हुँदा आफू तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको निजी स्वकीय अधिकृतको रूपमा काम गरेको उनले जनाएकी छन् । त्यतिबेला राई र आफूबीच शारीरिक सम्पर्क कायम भएको उनले स्वीकारेकी छिन् । तर विवाह दर्ता गर्न राईले नमानेको आरोप उनले लगाएकी छन् । राईले आफूलाई २०७२ सालदेखि २०७४ सम्म काठमाडौं बूढानीलकण्ठ नगरपालिका गोल्फुटारमा डेरामा राखेको उनले खुलाएकी छन् । विवाहको लागि पटक पटक आग्रह गरेपछि राईले आफूलाई २०७५ कात्तिक महिनादेखि उक्त डेराबाट निकाला गरिएको बालिकाले बताएकी छन् । राई मुख्यमन्त्री भएपछि आफू पनि विराटनगर आउने जाने गरेको उनले दाबी गरेकी छन् । त्यहाँ पनि प्रहरीलाई भन्न लगाइभित्र छिर्न नदिएको उनले जनाएकी छन् । त्यसपछि आफूलाई जागिर र पार्टीको जिम्मेवारीबाट पनि निकालिएको बालिकाको दाबी छ । आफूमाथि अन्याय भएको भन्दै पार्टीको दुवै अध्यक्षलाई भेट्न खोज्दा दुवै अध्यक्षले भेट नदिएको पनि उनले जनाएकी छन् । त्यसपछि आफूलाई झुटा आरोपमा प्रहरीलाई पक्राउ गरी कमलपोखरीमा थुनामा राखिएको र थुनामा जबर्जस्ती ‘शेरधन राई पति हो भन्दिनँ भन’ भनी दबाब दिएकोसमेत उनले खोलेकी छन् । राईले पार्टीका सदस्यतासमेत निलम्बन गराइ आफूमाथि घरेलु हिंसा, शारीरिक तथा मानसिक यातनासमेत दिएको हुँदा बाध्य भई अदालतमा मुद्दा दायर गर्नुपरेको उनले जनाएकी छन् । बालिकाले दर्ता गरेको मुद्दाको पेशी आउँदो चैत १७ गतेका लागि तोकिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण १६ २०७६१२:५०:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend