आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओलीलाई सोमबार सम्मको अल्टिमेटम, भाडभैलो हुने संकेत !

ओलीलाई सोमबार सम्मको अल्टिमेटम, भाडभैलो हुने संकेत !

  • शुक्रवार, फाल्गुण १६ २०७६

  • 6.3K
    SHARES

  • काठमाडौं– प्रधानमन्त्री केपी ओलीलाईले सोमबारसम्म उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सचिवालयको निर्णय नमाने जे पनि हुन सक्ने चेतावनी नेताहरुले दिएका छन्। शुक्रबार खुमलटारस्थित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको केन्द्रीय सचिवालयका चार सदस्यको बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन ओलीलाई सोमबारसम्मको म्याद दिइएको हो । स्रोतका अनुसार गौतमलाई राष्ट्रिय सभामा लगेर अर्थमन्त्री डा.युवराज खतिवडालाई अन्यत्रै व्यवस्थापन गर्न पनि खुमलटार बैठकले ओलीलाई सुझाव दिएको छ । बैठकमा प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम सहभागी भएका थिए । उनीहरूले पार्टी अध्यक्षसमेत रहेका ओलीलाई उनी निकटमार्फत सन्देश पठाएको बताइन्छ । यदि सोमबारसम्म गौतमलाई राष्ट्रिय सभाको सदस्य मनोनीतका लागि राष्ट्रपतिलाई सिफारिस नगरे प्रधानमन्त्री ओलीलाई हटाउनेसम्मको रणनीतिसमेत बनेको स्रोतले बतायो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण १६ २०७६०७:४१:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend