काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चेतावनी दिएका छन्।
ओलीले ७० करोड घुस काण्डमा मुछिएका सरकारका निर्वतमान प्रवक्ता गोकुल बास्कोटाको प्रतिरक्षा गरेपछि शर्माले चेतावनी दिएका हुन्।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजाल ट्वीटर मार्फत अनुसन्धान प्रहरीले, बहस वकिल र फैसला न्यायाधिसले गर्ने भएकाले बास्कोटाको प्रवक्ता नबन्न ओलीलाई सुझाव दिएका छन्।
‘सम्माननिय पिएम नेपाल लाई सुझाव पत्र! पुर्व प्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया !अनुसन्धान प्रहरीले,बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो ।
अरुको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ। अझ ‘अडियो’ को प्राविधिक परिक्षणसम्म यहाँले नै ?’ शर्माले ट्वीटमा भनेका छन्। बास्कोटाको प्रतिरक्षा गरेपछि अहिले ओलीको चौतर्फी आलोचना भइरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।