काठमाडौं - नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा प्रधानमन्त्री केपी शर्मा ओली बाहेकका नेताहरुले छलफल गरेका छन्।
उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने नलैजाने विषयमा भएको विवादमै छलफल केन्द्रीत छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग दूरी बढ्दै गएका बेला ओली बाहेकका शीर्ष नेता फेरि छलफलमा जुटेका हुन्।
शुक्रबार बिहान प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताबीच करिब एक घन्टादेखि छलफल चलिरहेको स्रोतले जानकारी दियो।
बुधबार बसेको नेकपा सचिवालय बैठकले सर्वसम्मत रुपमा गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो। तर प्रधानमन्त्री ओलीले बामदेवलाई नभएर अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने अडान राखेका छन्। अहिले नेकपा भित्र यही विषयमा चर्को विवाद भइरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।