आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अर्थमन्त्री खतिवडालाई गगनले दिए खुलेआम चुनौती, माइती घर आउन चेतावनी!

अर्थमन्त्री खतिवडालाई गगनले दिए खुलेआम चुनौती, माइती घर आउन चेतावनी!

  • शुक्रवार, फाल्गुण १६ २०७६

  • 5.5K
    SHARES

  • काठमाडौं–नेपाली कांग्रेसका युवा नेता गगन थापाले अर्थमन्त्री डा.युवराज खतिवडालाई बहसमा मैदान उत्रन चुनौति दिएका छन्। थापाले खतिवडालाई सरकारले पुस्तकमा लगाएको करबारे बहस गर्न आफू संसद्, विश्वविद्यालय, माइतीघर मण्डला जहाँ भए पनि तयार रहेको चुनौती दिएका हुन् ।

    सरकारको नियमित पत्रकार सम्मेलनमा बिहीबार सञ्चार मन्त्रालयमा अर्थमन्त्री खतिवडाले ज्ञानमा नभई पुस्तकमा १० प्रतिशत कर लगाइएको र पुस्तक बिक्रेता कम्पनीले तिनैैपर्ने बताएका थिए । अर्थमन्त्रीको सो अभिव्यक्तिको प्रतिवाद गर्दै सांसद थापाले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत करबारे बहस गर्न आफू जहाँ भए पनि तयार भएको उल्लेख गरेका हुन् ।

    ‘विद्वान अर्थमन्त्रीज्यूले भन्नुभएछ, पुस्तकमा कर लगाएको हो ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छुु। मन्त्रीज्यू हामी पनि तयार छौँ। बहस कहाँ गरौं, संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?’

    अर्थमन्त्रीले सरकारले ज्ञानमा नभई ब्यापार गरेर कमाएको नाफामा मात्रै कर लगाएको बताएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण १६ २०७६०३:५५:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend