शुक्रवार, फाल्गुण १६ २०७६
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार कुनै पनि बेला ढल्ने दाबी गरेका छन् । जनता टेलिभिजनको कार्यक्रम जनसंवाद कार्यक्रममा नेता सिटौलाले प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकार कुनैपनि बेला ढल्न सक्ने दाबी गरेका हुन् ।
ओली सरकार ढाल्नका लागि नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता नगर्ने स्पष्ट पारेका उनले सरकार आफ्नै असफलताका कारण ढल्ने जिकीर गरेका हुन् । असफलताको सिँढी चढिरहेकाले सरकार ढल्ने संकेत देखापरेको उनको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।