आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रहरीको बढुवामा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई झड्का !

प्रहरीको बढुवामा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई झड्का !

  • बिहिवार, फाल्गुण १५ २०७६

  • 4.5K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई नेपाल प्रहरीको एआईजी बढुवामा झड्का लागेको छ । पोखरेल निकट डीआईजी विश्वराज पोखरेलले समेत एआईजी बन्न दौडधुप गरेपनि उनी एआईजीमा परेनन् । ओलीको विश्वासपात्र भएपनि मन्त्र पोखरेलको पावरले प्रहरी बढुवामा काम नगरेको देखिएको छ । यसअघि भने पोखरेलले पावर लगाउँदै विश्वराजलाई नियमित बढुवाअघि नै डीआईजी बनाएका थिए । विश्वराजका सबै ब्याची प्रहरी अधिकृतहरू एसएसपी नै छन् । नेपाल प्रहरीको रिक्त रहेको एआईजी पदमा गृह मन्त्रालयले तीन जनाको बढुवा सिफारिस भएको छ । रिक्त रहेको एआईजी पदमा डीआईजी तारणी लम्साल, शैलेश थापा क्षेत्री र हरि पालको बढुवा सिफारिस गरिएको छ । मन्त्रालयले पहिलो नम्बरमा लम्साल, दोस्रोमा थापा र तेस्रो नम्बरमा पाललाई बढुवा गरेको छ । प्रहरीको एआईजीमा बढुवा हुन ७ जना डीआईजीबीच प्रतिस्पर्धा भएपनि सूर्य उपाध्याय, प्रद्युम्न कार्की, निरजबहादुर शाही र विश्वराज पोखरेल बढुवामा परेनन् । एआईजी सिफारिसमा परेका लम्साल नवनियुक्त आईजीपी ठाकुर ज्ञवालीका ब्याची रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण १५ २०७६०२:३८:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend