काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगन थापाले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको धारणामा सहमति जनाएका छन् ।
नेपालमा हालसम्म प्रधानमन्त्री बनेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने भनेर नेता भट्टराईले संसदमा बोलेको भोलिपल्ट सांसद थापाले सार्वजनिक रुपमै सहमति जनाएका हुन् ।
सांसद थापाले प्रधानमन्त्री मात्रै नभएर मन्त्री र शासकीय जिम्मेवारीमा बसेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेका छन् । भट्टराई र थापाको भनाइपछि अकुल सम्पत्ति आर्जन गरेका कम्युनिस्ट नेताहरूलाई तनाव भएको छ ।
केही दिनअघि कम्युनिस्ट सरकारका सञ्चारमन्त्री गोकुल बाँस्कोटा ७० करोड रुपैयाँ घुस बार्गेनिङ गरेको भिडियो सार्वजनिक भएपछि विवादमा परेका थिए ।
यस्तो छ थापाको फेसबुक स्टेटस –
बाबुराम भट्टराईज्यूको भनाइसँग पूर्ण सहमत !
प्रधानमन्त्री बनेका मात्रै होइन मन्त्री बनेका र शासकीय जिम्मेवारीमा बसेका हामी प्रत्येकको सम्पत्ति छानबिन गरौं । यस्तो जिम्मेवारी लिएका/लिइरहेकाले कसरी घर बनाएका छन् मात्रै होइन, कसरी घर चलाएका छन् भन्ने पनि खोजी गरौं र नागरिकलाई थाहा दिऔं ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।