आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट सांसदलाई आफ्नै जिल्लामा झड्का, पुल उद्घाटन गर्न नदिइ स्थानीयले लखेटे

कम्युनिस्ट सांसदलाई आफ्नै जिल्लामा झड्का, पुल उद्घाटन गर्न नदिइ स्थानीयले लखेटे

  • बिहिवार, फाल्गुण १५ २०७६

  • 7.6K
    SHARES

  • ओखलढुंगा - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारलाई स्थानीयले पुल उद्घाटन गर्न नदिएर फिर्ता पठाइदिएका छन् । ओखलढुंगा र रामेछाप जिल्ला जोड्ने सिरिसेस्थित लिखु नदीको पुल बिहीबार उद्घाटन गर्न पुगेका नेकपाका सांसद सुनुवारलाई स्थानीयले पुल उद्घाटन गर्न नदिएका हुन् । स्थानीयले पुल निर्माणका क्रममा अनियमितता भएको आरोप लगाएका छन् । सात करोडको लागतमा निर्माण भएको पुलको सांसद सुनुवारमार्फत ठेकेदार राम मैनालीले उद्घाटन गराएर भुक्तानी लिन खोजेको आरोप स्थानीयको छ । स्थानीयले पुल निर्माणमा अनियमितता गरेर कमसल खालको पुल बनाएको जनाएका छन् । नेकपाका नेता बालकृष्ण ढुङ्गेलसहितका स्थानीयले सांसद सुनुवारलाई पुल उद्घाटन गर्न नदिएर लखेटेको स्थानीयले बताएका छन् । पुल उद्घाटनमा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडा पनि गएनन् । सांसद सुनुवार आफू निकटका सीमित नेता तथा कार्यकर्ता र प्रदेश सांसद मोहन खड्कालाई साथमा लिएर सिरिसे पुगेका थिए । नेकपाका नेता ढुङ्गेल र कांग्रेसका युवा नेता खतिवडा लगायतको पहलमा निर्माण भएको पुललाई सांसद सुनुवारले आफूले जस लिन हतार–हतारमा उद्घाटन गरेर बधाइ लिन खोजेको आरोप स्थानीयको छ । पुल उद्घाटनको कार्यक्रममा रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले पनि बहिस्कार गरिदिएका छन् । ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षले समेत बहिस्कार गरेको उद्घाटनको कार्यक्रममा नेकपाकै नेता तथा कार्यकर्ताहरूले अबरोध गरेपछि सांसद सुनुवार जिल परेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण १५ २०७६०१:१९:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend