काठमाडौँ- नेकपा (माले) का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटना भएको छ।
बिहीबार दिउँसो झापाबाट काठमाडौं आउने क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना४ख ७६६८ पिकअप भ्यानसँग ठोक्किएर दुर्घटना भएको हो।
महोत्तरीको बर्दिवास नगरपालिका ३ चिसापानीमा सो दुर्घटना भएको र दुर्घटनामा महासचिव मैनाली घाइते भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिएका छन् । दुर्घटनमा मैनालीसहित ५ जना घाइते भएको र घाइते मध्ये मैनालीको अवस्था गम्भीर रहेको बताए।
दुर्घटनामा सोही कारमा सवार मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन्।
महासचिव मैनालीलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको जनाइएको छ । मैनाली सवार बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।