काठमाडौं– नेमोकिपाका सांसद प्रेम सुवालले पर्यटनमन्त्री योगेश भट्टराईको राजिनामा मागेका छन्।
बिहिबारको प्रतिनिधीसभाको बैठकको विशेष समयमा बोल्दै सुवालले भट्टराईको राजिनामा मागेको हो।
उनले पर्यटन मन्त्रालयले राष्ट्रिय सभामा पेश गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण सम्बन्धि विधयेकमा सामान्य भाषा समेत नहेरेर संसदको मर्यादामा चोट पुराएको भन्दै राजिनामा मागेका हुन्।
‘कतिपय विधेयकमा अप्रासंगिक विषय समेटिएको छ। भाषा र व्याकरणमा समेत ध्यान नदिएको देखिएको छ।
नेपाल नागरिक उड्ययन प्राधिकरण सम्बन्धी विधयेक दफा १० मा अनुसांगिक त्रुटी भएको भन्दै उनले अर्मयादित विधेयक पेश गर्ने पर्यटनमन्त्रीले राजिनामा दिनुपर्ने बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।