आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जनार्दन शर्माले हल्लाए संसद, ओली सरकारको झुटको पर्दाफास

जनार्दन शर्माले हल्लाए संसद, ओली सरकारको झुटको पर्दाफास

  • बिहिवार, फाल्गुण १५ २०७६

  • 6.6K
    SHARES

  • काठमाडौं– सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माले नेपाल ट्रस्टको जग्गा यति होल्डिङ्सलाई लिजमा दिइएको विषयमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन्। उनले सरकारले स्वेतपत्रका नाममा झुटको पुलिन्दा ल्याएको उनको भनाइ छ। बिहिबारको प्रतिनिधीसभाको बैठकको विषेश समयमा बोल्दै सरकारका तर्फबाट हालै उप्रधानमन्त्री ईश्वर पोखरेलले जारी गरेको स्वेत पत्रमा तथ्य बंग्याइएको भन्दै आपत्ति जनाएका हुन्। उनले सरकारले जारी गरेको स्वेतपत्र स्वेत पत्र नभएर अस्वेतपत्र भएको आरोप लगाए। ‘सरकारले २ दिन अघि श्वेत पत्र ल्यायो। त्यो भनेको मलाई थाहा छैन। तथ्य जस्ता जस्तै ल्याउनका लागि स्वेत पत्र जारी गरिन्छ हुन्छ,’ उनले भने,‘तर यो अस्वेत पत्र जस्तो छ।’ उनले आफ्नो नाम जोडिएको मिडियामा थाहा पाएपछि ट्रस्टको कार्यालयमा गएर फायल हेर्न निवेदन दिएको भएपनि फाइल हेर्न नदिइएको बताए। ‘ट्रस्टको कार्यालयमा गएर निवेदन दिएँ। ताल्चा लगाएर खोल्न मिल्दैन भनियो। मेरो नाम कसरी आयो ? भनेर सोधेँ,’ उनले भने, ‘तपाईको नाम थिएन भनेर। तर कसरी आयो थाहा भएन भनेर कर्मचारीले जवाफ दिए। मुख्यसचिव लोकदर्शन रेग्मी (जो शर्मा गृहमन्त्री हुँदा गृहसचिव थिए)लाई पनि सोधेँ। उहाँले त्यो झठा विवरण हो भन्नुभयो।’ स्वेत पत्रमा शर्मा गृहमन्त्री हुँदा २०७४ कात्ति १३ गते भनेर निर्णय भएको भनिएको छ। तर, शर्माले आफु असोज ३० गते नै गृहमन्त्रीको जिम्मेवारीबाट हटिसकेको बताएर। उनले ट्रस्टको जग्गा लिजमा दिनेको नाम नलेखिएको तर, संलग्न नभएकाको नाम लेखिएको भन्दै आपत्ति जनाए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण १५ २०७६०७:५९:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend