काठमाडौं - नेपाल तरुण दल सूर्यविनायक नगर समिति, भक्तपुरले ७० करोड काण्डमा मुछिएका गोकुल बास्कोटालाई प्रवेश निषेधको माग गर्दै कार्यक्रमहरू गरेको छ ।
तरुण दल सूर्यविनायक नगर समितिका अध्यक्ष उमेश अधिकारीको नेतृत्वमा ‘भ्रस्टाचार’को आरोप लागेका गोकुल बस्कोटालाई बालकोटमा प्रवेश निषेधको माग राखेर बुधबार प्रदर्शन गरिएको हो ।
तरुण नेता तथा कार्यकर्ताहरूले बालकोट क्षेत्रमा गोकुल बास्कोटालाई प्रवेश निषेधभन्दै सडकका विभिन्न स्थानमा ब्यानर समेत राखेको नगर अध्यक्ष अधिकारीले बताए ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड रुपियाँ कमिशन माग गरेको अडियो रेकर्ड लिक भएपछि गोकुल बास्कोटाले मन्त्री पद गुमाउनु परेको थियो ।
गोकुल बास्कोटा नेकपाका अध्यक्ष समेत रहेका कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको निवासमा बस्दै आएका छन् । गोकुल बास्कोटा ओलीका अत्यन्तै निकटका व्यक्ति मानिन्छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।