काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन नगर्ने भनेर कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टि सार्वजनिक भएपछि वरिष्ठ नेता माधवकुमार नेपालसँग बालुवाटारमा गोप्य भेटवार्ता भएको छ ।
बुधवार दिउँसो भएको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेपनि ओलीले तत्काल कार्यान्वयन गर्न नसकिने जनाएका छन् ।
ओलीको असन्तुष्टिपछि पार्टीमा विवाद बढ्नसक्ने देखेर वरिष्ठ नेता नेपालले गोप्य भेटवार्ता गरेको स्रोतले जनाएको छ । भेटवार्तामा ओलीले वामदेवलाई तत्कालै राष्ट्रिय सभामा पठाउन नसकिने अडान प्रष्ट पारेका छन् ।
ओलीको अडानपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष गौतमलाई तनाव भएको छ । प्रचण्ड र वामदेवकै योजनामा बुधबारको सचिवालय बैठकबाट निर्णय भएको चर्चा भइरहेका बेला दुवै शीर्ष नेताको योजना असफल हुने देखिएको छ ।
ओलीले सचिवालय बैठकबाट निर्णय हुनुअघि नै डा. युवराज खतिवडाको नाम पठाइसकेको हुँदा वामदेवलाई अर्को पटक मात्र राष्ट्रिय सभामा पठाइने कुरा प्रधानमन्त्री ओलीले नेता नेपालसँग गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेता नेपाललाई भनेको कुरा उदृत गर्दै स्रोतले भन्यो, ‘वामदेवजीलाई राष्ट्रियसभा सदस्य बनाउने सैद्धान्तिक सहमति भएको हो । तर अहिले होइन पछि बनाउने हो ।’ सचिवालयको निर्णयलाई ओलीले अर्कै व्याख्या गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।