आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देउवाले यसरी खोले ओली सरकारको खतरनाक नियत !

देउवाले यसरी खोले ओली सरकारको खतरनाक नियत !

  • बुधवार, फाल्गुण १४ २०७६

  • 4.0K
    SHARES

  • काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले आरोप लगाए जसरी आफूले नेपाल ट्रस्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नगरेको दाबी गरेका छन् । बुधवार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले कम्युनिस्ट सरकारको खतरनाक नियतको समेत खुलासा गरेका छन् । लिज प्रकरणमा गलत तरिकाले आफ्नो नाम जोडेर सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद र गोकर्ण फरेस्ट रिसोर्टको लिज प्रकरणमा भएको अनियमितताबाट ध्यान मोड्ने सरकारी षड्यन्त्र रहेको देउवाले खुलासा गरेका छन् । नेपाल ट्रस्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेलले बुधवार श्वेतपत्र जारी गर्दै ताहचल सोल्टी आउटर कम्प्लेक्सको जग्गा थामुसेर्कु ट्रेकिङलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रस्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष रहेको उल्लेख गरेका थिए । सपभाति देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रस्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन ।’ देउवाले आफ्नो सहभागिता विना भएको निर्णयमा नाम जोडेर गरिएका प्रचारप्रति गम्भीर आपत्ति समेत जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण १४ २०७६०२:००:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend