आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

योगेश भट्टराईलाई लाग्यो अर्को झट्का, कर्मचारीले नै गरे व्यापक विरोध

योगेश भट्टराईलाई लाग्यो अर्को झट्का, कर्मचारीले नै गरे व्यापक विरोध

  • बुधवार, फाल्गुण १४ २०७६

  • 4.7K
    SHARES

  • काठमाडौं–नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई कम्पनी मोडलमा लैजाने सञ्चालक समितिको निर्णयको कर्मचारीले विरोध गरेका छन्।

    निगमका कार्यरत कर्मचारीसँग छलफल नै नगरि माघ ८ गते निगम सञ्चालक समितिले कम्पनी मोडलमा लैजाने निर्णय गरेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन्। निगममा कार्यरत कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन नेपाल वायुसेवा निगम कर्मचारी युनियमले विज्ञप्ति निकाल्दै निगम ऐन २०१९ को भावना र मर्म विपरित क्षेत्राधिकारलाई समेत ख्याल नगरी निगमलाई कम्पनीको रुपमा सञ्चालन गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    युनियनका अध्यक्ष सुवास डाँगीले हस्ताक्षर गरेको विज्ञप्तिमा नेपालमा नीजिकरण वा कम्पनीकरण गरिएका संस्थाहरुको इतिहास र हाल नेपाल वायुसेवा निगमको आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दा कम्पनीकरणले समस्या समाधान हुनुको साटो निगम थप आर्थिक धरासायी बन्ने र अन्तिममा विघटनको स्थीति समेत आउने सक्ने जनाइएको छ।

    ‘नेपाल सरकारको पुँजिबृद्धि, व्यवस्थापन करार वा रणनीतिक साझेदारजस्ता वैकल्पिक उपायमार्फत निगमको व्यवस्थापकीय तथा व्यवसायिक क्षमता बृद्धि गर्नुपर्ने आवश्यकता रहेको युनियनको ढहर रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

    कर्मचारीको हित विपरित कम्पनी मोडलमा लैजाने समितिको निर्णयप्रति युनियन कडा रुपमा लाग्ने भन्दै तत्काल निर्णय खारेज गर्न माग गरेको छ। माग पूरा नभएर कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण १४ २०७६०३:४१:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend