बुधवार, फाल्गुण १४ २०७६
काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मातातीर्थको सरकारी जग्गा प्रकरणमा संसदमै जवाफ दिने भएका छन्। भट्टराईले बुधबार आफूमाथि लागेको आरोपबारे संसदमा कुरा राख्ने भएका छन्। भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले मातातीर्थ जग्गा प्रकरणमा उठेका प्रश्नबारे भट्टराईले कानुनी, राजनीतिक, नैतिक सबै कोणबाट संसदबाटै जवाफ दिन लागेको जनाकारी दिए।
समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले जनताको सम्पत्ति जनतालाई नै दिनुपर्ने सिद्धान्तअनुसार नै नीतिगत निर्णय गरेर जनतालाई भोगचलनका लागि दिएको बताएका छन्।
मातातीर्थको सरकारी जग्गा व्यक्तिका नाममा गरिदिएको आरोप लागेपछि भट्टराईले ट्विट गर्दै आफू ‘जसको जोत उसको पोत’ भन्ने नारासहित क्रान्तिमा होमिएकोले जनताले भोगचलन गरेको जमीन जनतालाई नै दिएको बताए।
उनले लेखेका छन्,‘मातातीर्थ क्षेत्रको जमीनमा पुस्तौंदेखि खनजोत गरिरहेका यी निस्सहाय गरीबरदलितहरूको अधिकार खोसेर यति होल्डिंग्स र आसेपासेलाई सुम्पने ओली सरकारको षड्यन्त्रलाई सबैले बेलैमा बुझौं र परास्त गरौं१ कुरा प्रष्ट छ-ओली जोताहाको जमीन ट्रष्ट हुँदै यतिलाई दिन खोज्ने तर बाबुराम जोताहालाई नै दिने!’
भट्टराईले नक्कली कम्युनिस्टको विरोध नेकपाकै नेतारकार्यकर्ताबाट समेत भएको पाउँदा खुसी लागेको बताएका छन्। उनले ट्वीट गर्दै भनेका छन्,‘महेन्द्रले समेत २०२६ सालमै छोडिसकेको र मोही जोताहाको नाममा दर्ता भएको जग्गा खोसेर राजाको नाउँमा हुनुपर्छ भन्ने ओली मार्का नक्कली कम्युनिष्टको विरोधमा स्थानीय जनता मात्र हैन नेकपाकै नेतारकार्यकर्ता समेत भएको पाउँदा खुशी लाग्यो। यस्तै जागरण भूइँतहमा भैरह्यो भने ओलीतन्त्र छिटै ढल्नेछ!’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।