काठमाडौं – खतरनाक ज्यानमारा भाइरसको रुपमा संसारभर फैलिइरहेको कोरोना भाइरसको संक्रमण इरानका उपस्वास्थ्य मन्त्रीमा नै देखापरेको छ ।
त्यहाँ सोमवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अलि रबिइसँगै उपस्वास्थ्य मन्त्री इरज हरिर्ची समेत उपस्थित थिए । कार्यक्रममै हरिर्चीले पटक–पटक खोक्ने र पसिना पुछ्ने गरिरहेपछि उनमा कोरोना संक्रमणको शंका गरिएको थियो ।
चेकजाँचपछि हरिर्चीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको सरकारका प्रवक्ता रबिइले जनाएका छन् ।
इरानमा कोरोना संक्रमणबाट ५० जनाको मृत्यु भइसकेको दाबी सांसदहरूले गरेका छन् भने स्वास्थ्य मन्त्रालयले हालसम्म १५ जनाको मात्रै मृत्यु भएको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इरानको दक्षिण पश्चिमी शहर कोमसहितका अन्य ३ शहरमा कोरोना भाइरस फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपस्वास्थ्य मन्त्रीमा नै कोरोना संक्रमण देखिएपछि सर्वसाधारण झनै त्रसित बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।