आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गोकुल बाँस्कोटालाई तत्काल पक्राउ गर्न युवाको खबरदारी

गोकुल बाँस्कोटालाई तत्काल पक्राउ गर्न युवाको खबरदारी

  • मंगलवार, फाल्गुण १३ २०७६

  • 3.7K
    SHARES

  • काठमाडौं – सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा विदेशी कम्पनीका नेपाल प्रतिनिधिसँग कमिसनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई तत्काल पक्राउ गर्न युवाले खबरदारी गरेका छन् । प्रतिपक्षी दल समाजवादी पार्टी नेपालको युवा संगठन समाजवादी युवा संघले विज्ञप्ति जारी गर्दै बाँस्कोटालाई तत्काल पक्राउ गरी छानबिन गर्न माग गरेको छ । ‘प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र बाँस्कोटा यसअघि नै नेपाल टेलिकमको फोरजी सेवा विस्तार सम्बन्धी सम्झौतामा अर्बाैको भ्रष्टाचार गरेको सर्वत्र शंका भइरहेको सन्दर्भमा सबैले सुन्ने र बुझ्ने गरी सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७४ करोड कमिसनको काण्ड सार्वजनिक भइसकेकोले गोकुल बाँस्कोटालाई तत्काल पक्राउ गरी मुख्यतः फोरजी सेवा विस्तार र सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद काण्डमा अनुसन्धान अगाडि बढाउन सरकारसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ । बाँस्कोटाको टेप सार्वजनिक हुनु, नेकपा महासचिव विष्णु पौडेलका छोराको जग्गा काण्डमा अनुसन्धा नहुनु, यती समूहलाई कौडीको भाउमा जग्गा दिनु, सुनकाण्ड, वाइडबडी काण्ड लगायतले प्रधानमन्त्री ओली नै भ्रष्टाचारीका संरक्षण त होइनन् भन्ने शंका जनसमुदायमा रहेको विज्ञप्तिमा उल्लेख छ । यस्तो छ विज्ञप्तिको पूर्णपाठ –

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण १३ २०७६०३:२१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend