आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

संसदमा गर्जिए गगन : ओली बाहिर देखिँदा सुरो यथार्थमा विचरो !

संसदमा गर्जिए गगन : ओली बाहिर देखिँदा सुरो यथार्थमा विचरो !

  • मंगलवार, फाल्गुण १३ २०७६

  • 5.0K
    SHARES

  • काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना गरेका छन् । मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले डाँडाकाँडा घुम्ने नभएर संसदमा उपस्थित भएर प्रश्नको सामना गर्ने हिम्मत राख्नुपर्ने बताए । उनले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा र विजय मिश्रबीचको अडियो प्रधानमन्त्रीले डेढ महिना अघि नै सुनेको दाबी सञ्चारमाध्यमले गरिरहेको बेला प्रधानमन्त्रीले संसदमा उभिएर जवाफ दिनुपर्ने बताए । ‘अडियो प्रधानमन्त्रीले डेढ महिनाअघि नै सुनको दाबी सञ्चारमाध्यमले गरेका छन् । प्रधानमन्त्रीसँग उत्तर दिने हिम्मत छ कि छैन ? थाहा छैन । तर संसदसँग हिम्मत हुनुपर्छ,’ उनले भने, ‘संसदले सामथ्र्य राख्नुपर्छ । प्रधानमन्त्री डाँडाकाडा डुलेर बस्ने होइन । सदनमा आउनुपर्छ, हामी निम्छरो होइन सही प्रश्न सोध्छौं ।’ उनले सदनले ध्यानाकर्षण गराउने मात्रै होइन सभामुखले प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गर्नुपर्ने बताए । आसेपासेले प्रधानमन्त्रीलाई केही थाहा थिएन भनेको बताउँदै थापाले तुलोमा राख्दा बजनदार र काभ्रेको प्रतिभाशाली व्यक्तिले गरेको डिलको बारेमा प्रधानमन्त्रीलाई थाहा थिएन भनेर पत्याइदिन पर्ने ? भन्दै प्रश्न समेत गरेका छन् । उनले सेक्युरिटी प्रेस, स्याटेलाइलट, फोरजी, अप्टिकल फाइबर लगायतका सबै ठेक्काबारे प्रधानमन्त्रीलाई थाहा रहेको र परिस्थिति नियन्त्रण बाहिर गएपछि बाँस्कोटालाई बलिको बोको बनाइको जनतामाझ चर्चा रहेको बताए । थापाले भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्ने प्रधानमन्त्रीसँग आफ्नै अनुहार हेर्न बालुवाटारमा ऐना छ कि छैन भन्दै प्रश्न समेत गरे । उनले सत्तापक्षकै सांसदले प्रधानमन्त्रीसँग असन्तुष्टि पोख्ने गरेको समेत सुनाए । ‘हामीसँग सत्तापक्षकै सांसदले झिनो स्वरमा भन्ने गरेका छन् । प्रधानमन्त्री पहिले माक्र्सवादी जस्तो, विचमा समाजवादी जस्तो आजभोलि यतीवादी जस्तो देखिनुहुन्छ ।’ उनले एउटा व्यक्तिलाई प्रधानमन्त्रीलाई बनाउने विषयमा संविधान संशोधन गर्न बनाइएको कार्यदलमा प्रधानमन्त्री कमजोर देखिएको भन्दै जनताले प्रधानमन्त्रीलाई बाहिर देखिँदा सुरो तर यथार्थमा विचरो भनिरहेको बताए । उनले प्रधानमन्त्री ओलीले हालै मनाएको जन्मदिनले २०६१ सालका राजा ज्ञानेन्द्रको न्यास्रो मेटिएको टिप्प्णी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण १३ २०७६०१:३३:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend