काठमाडौं, फाुगन १३- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले गोकुल बास्कोटा प्रकरण र प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनका अवसरमा गरिएको तडकभडको जवाफ माग गरेका छन्।
मंगलबार प्रतिनिधीसभाको बैठक सुरु भएपछि बोल्दै रिजालले सरकार एकपछि अर्को काण्डमा फसेको भन्दै प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताए। उनले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा ७० करोड घुस प्रकरण बाहिर आएको तर, सरकारले त्यो भन्दा बढी खानेगरी खरिद प्रक्रिया अघि बढाएको भन्दै आलोचना गरेका हुन्।
‘लेखा समितिले सेक्युरिटी प्रेस खरिद रोक्न निर्देशन दिएको छ। अचम्म यस विषयमा अचम्म लागेको छ। लाजामर्दो अवस्था छ। ७० करोड घुसको डिल गर्ने ले नै सरकारले अर्बौ खान तयार भएको बताएको छ,’ उनले भने, ‘प्रधानमन्त्री भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्नुहुन्थयो। तर, यही हो उहाँको प्रतिबद्धता?’
उनले ओलीले आफ्नो जन्मदिनमा तमसा देखाएको आरोप लगाए। ओलीको तामझाम हेर्दा उनकै घरले नयाँ महाराजाको सवारी भएछ भनेर झुक्किएको बताए। हिजो मदन भण्डारीले राजालाई राजनीति गर्ने भए श्रीपेच फुकाले आउन चुनौति दिएको स्मरण गर्दै रिजालले अहिले कम्युनिस्ट पार्टीमा श्री ढेड, श्री अढाइ, श्री सातको उदय भएको बताए।
हिजो सुशासन र विकासका झुटा बाचा गरेकाले आज जनता आक्रोशित भएको भन्दै उनले कम्युनिस्ट नेतृत्वको सररकाले भ्रष्टाचार फैलाइएको बताए। उनले बढ्दो भ्रष्टाचार, लोकतन्त्र र संविधान माथिको मडारिएको खताराका विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग समेत गरे।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।