मंगलवार, फाल्गुण १३ २०७६
काठमाडौं–प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली एकपछि अर्को विवादमा आइरहेका बेला नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले ओलीले जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा पुगेर जन्मोत्सवमा काटिएको केकका विषयमा आलोचना गरेका छन् ।
रावलले देशमाथि मनपरी गर्न नहुने आशयको प्रतिक्रिया दिँदै प्रधानमन्त्रीको त्यस्तो कार्यप्रति पूर्ण असहमति प्रकट गरेका छन् । केक काठमाडौंबाट हेलिकोप्टर चार्टर्ड गरेर यती समूहले लगेको थियो ।
नेता रावलले ट्वीट गर्दै केक काट्ने नेपाली संस्कृति होइन र यस्तै समृद्धिका लागि विदेशीसँग हात पसारिरहेका बेला ठूलो रकम जन्म दिनमा खर्च गर्नु पनि ठीक नभएको बताएका छन्।
नेता रावलले पार्टीको निर्णयअनुसार बनेको आचार संहिता मान्ने हो भने त यस्तो तामझामका साथ जन्मदिन मनाउनै नहुने भनेका छन् ।
यस्तो उनको ट्वीट–‘प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना! यो मनन गर्नु भने उचित हुन्छ–केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन, अँझ ‘समृध्दि’ का लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन, पार्टी निर्णयले झनै मिल्दैन ।’
रावलले निवर्तमान संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बचाउन ओलीले देखाएको प्रवृत्तिको पनि आलोचना गरेका छन् ।
उनले लेखेका छन्, ‘सुरक्षण मुद्रणालय भ्रष्टाचार प्रकरणको गहिराइमा गएर राज्य, सरकार र पार्टी सबै तहबाट भ्रष्टाचारी लाई कार्वाई गर्नु जनता, देश र नेकपाको हित र सुशासनका लागि अत्यावश्यक छ। कसैलाई ससानो मुद्धामा ठूलो प्रहार हुने र कसैलाई गम्भीर भ्रष्टाचारमा केही नहुने गल्ती कहींबाट पनि हुनुहुँदैन ।’
प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना ! यो मनन गर्नु भने उचित हुन्छ-केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन, अँझ 'समृध्दि' का लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन; पार्टी निर्णयले झनै मिल्दैन ।
— Bhim Rawal (@BhimRawal179) February 24, 2020
सुरक्षण मुद्रणालय भ्रष्टाचार प्रकरणको गहिराइमा गएर राज्य, सरकार र पार्टी सबै तहबाट भ्रष्टाचारी लाई कार्वाई गर्नु जनता, देश र नेकपाको हित र सुशासनका लागि अत्यावश्यक छ। कसैलाई ससानो मुद्धामा ठूलो प्रहार हुने र कसैलाई गम्भीर भ्रष्टाचारमा केही नहुने गल्ती कहींबाट पनि हुनुहुँदैन ।
— Bhim Rawal (@BhimRawal179) February 24, 2020
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।