आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रधानमन्त्री बन्ने इच्छा राखेका बामदेव फेरी बने ट्वाँ, यसरी लाग्यो झट्का!

प्रधानमन्त्री बन्ने इच्छा राखेका बामदेव फेरी बने ट्वाँ, यसरी लाग्यो झट्का!

  • सोमवार, फाल्गुण १२ २०७६

  • 6.3K
    SHARES

  • काठमाडौं– बामदेब गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न भन्दै बनाइएको नेकपाको कार्यदल गर्भमै तुहिएको छ। नेकपा सचिवालयको शनिबार बसेको बैठकले उपाध्यक्ष वामदेव गौतमको माग अनुसार संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल बनाउने निर्णय गरेको थियो। वरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा गठित कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटालाई सदस्यका रुपमा प्रस्ताव गरिएको छ ।

    अहिलेको संविधानअनुसार राष्ट्रिय सभाको सांसद प्रधानमन्त्री बन्न मिल्दैन । तर राष्ट्रियसभाको सांसद पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने तारतम्य मिलाउन नेकपा सचिवालयले कार्यदल बनाइएको हो । यद्यपि नेकपाले कुन(कुन विषयमा संविधान संशोधन गर्न लागिएको हो भन्ने प्रष्ट पारेको छैन ।

    पार्टी उपाध्यक्ष वामदेव गौतमलाई आगामी साता राष्ट्रपतिबाट राष्ट्रियसभाको सदस्यमा मनोनित गर्ने अनि संविधान संशोधन गरेर उनलाई प्रधानमन्त्री बन्ने बाटो खुल्ला गर्ने नेकपा सचिवालय निर्णयको मनसाय देखिन्छ ।

    तर, सचिवालयले वामदेवलाई प्रधानमन्त्री बन्न बाटो खोल्ने गरी कार्यदल बनाएको समाचार बाहिर आउनासाथ यसले पार्टीभित्र र बाहिरसमेत तरंग सिर्जना गरिदिएको छ । तरंगबाट आत्तिएर नेकपा नेताहरुले सचिवालयबाट त्यस्तो कुनै निर्णय नभएको तर, यसबारे सामान्य छलफलसम्म भएको तर्क गर्न थालेका छन् ।

    संविधान संशोधन कार्यदलमा राखिएको भनिएका सुवासचन्द्र नेम्वाङले नै यसमा आश्चार्य प्रकट गरेका छन् । नेम्वाङले आश्चार्य प्रकट गर्नु र माधव नेपाल पक्षले समेत निर्णय भएको स्वीकार नगर्नुले कार्यदल गर्भमै तुहिने प्रष्ट भएको छ ।

    शनिबारको नेकपा सचिवालय बैठकले गरेको कार्यदल गठनसम्बन्धी निर्णय आइतबार अपराह्न मात्र चुहियो ।

    कार्यदल गठनको समाचार आएलगत्तै नेकपाका केन्द्रीय सदस्य तहका नेताहरुसमेत चुनाव हारेका व्यक्तिलाई चोरबाटोबाट प्रधानमन्त्री बनाउन मिल्ने गरी संविधान संशोधन गर्न लागिएको भन्दै बिरोधमा उत्रिएका छन् ।

    नेकपा नेता वामदेव गौतम सत्ता बाहिर रहन रुचाउने नेता होइनन् । सत्तामा बसिरहनुपर्ने गौतम आम निर्वाचनमा बर्दियाबाट हारेपछि संसदमा र सरकारमा प्रवेश गर्न सकिरहेका छैन ।

    यही कारणले उनमा सांसद बन्ने र त्यसपछि प्रधानमन्त्री बन्ने हुटहुटी जागेको जाग्यै छ । चुनाव हारेका गौतममा पार्टी एकतापछि थप बेचैनी र अस्थिरता देखिएको छ । उनी कहिले ओली पक्षमा त कहिले प्रचण्ड पक्षमा उभिने गरेका छन् ।

    राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्नुपर्ने आफ्नो मागमा प्रचण्ड सहमत भइसकेको वामदेव गौतमको दाबी छ । तर ओली पक्षमा नेताहरु यसमा मौन छन् ।

    वामदेव गौतमले जतिसुकै ईच्छा देखाए पनि व्यक्तिको ईच्छा पूरा गर्ने गरी संविधान संशोधन हुने छाँट छैन ।

    बरु यो प्रकरणले नेकपालाई झनै अलोकप्रिय बनाउने र खुइल्याउने निश्चित छ । कम्तिमा पनि राजपाको सहमतिविना संसदमा नेकपाको दुई तिहाई पुग्दैन । वामदेवलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउनका लागि मात्रै संविधान संशोधन गर्न राजपा वा अन्य दल सहमत होलान् भन्ने अनुमान लगाउन सकिन्न ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण १२ २०७६०३:५४:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend