सोमवार, फाल्गुण १२ २०७६
काठमाडौं– सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन माग गरेको अडियो टेप सार्वजनिक कसले गरेको भन्ने विषयमा नेकपा भित्र गर्मागर्मी बहस चलिरहेको छ।
अडियो टेप दुई महिनाअघि नै बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले समेत सुनिसकेको समाचार पनि आइसकेका छन् । स्विस कम्पनीका नेपाली एजेन्ट विजयप्रकाश मिश्रले आफूले सो टेप मिडियालाई नदिएको बताइसकेका छन् । उनले केही महिनाअघि प्रधानमन्त्री केपी ओलीलाई नेकपा महासचिव विष्णु पौडेलमार्फत बुझाएको रहस्य खोलेका छन् ।
अडियो टेप सार्वजनिक हुनुमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि शंका गरिएको छ। स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीलाई रक्षात्मक अवस्थामा पु¥याउन र आफूलाई पार्टीमा हाबी बनाउन प्रचण्डले आफ्ना विश्वसनीय पात्र जनार्दन शर्मामार्फत अडियो टेप मिडियामा सार्वजनिक गराएको हुन सक्ने विषयले नेकपामा तरंग सिर्जना गरेको छ ।
नेता शर्मा बाहिर त्यति नखुल्ने तर भित्रभित्र रणनीति बनाउन खप्पिस नेतामध्येमा पर्छन् । विगतमा माओवादी संगठन बलियो हुनुमा शर्माको भित्री रणनीति पनि कारक मानिएको थियो । अहिले उनी पर्दा पछाडि छन् । तर, उनी सधैं प्रचण्डको निकटमा रहेर काम गर्दै आएका छन् । प्रचण्डलाई हरेक स्टेप चाल्न शर्माले नै सल्लाह दिने गरेका छन् ।
पूर्वमन्त्री बास्कोटा प्रधानमन्त्री ओलीका दाहिने हात नै हुन् । बास्कोटालाई प्रहार गर्न सके ओलीलाई कमजोर बनाउन सकिने ठानेरै कमिसन काण्डलाई बाहिर ल्याइएको स्रोतले बतायो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।