सोमवार, फाल्गुण १२ २०७६
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउन एक बर्ष बाँकी छ। कांग्रेसले ०७७ फागुनमा महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ। महाधिवेशन आउन एक बर्ष बाँकी छँदै आगामी नेतृत्वका लागि देशदौडाह भने सुरु भइसकेको छ। जुनसुकै उद्देश्यका साथ नेताहरु देश दौडाहमा गएपछि भित्रीकुरो भने महाधिवेशनको जग बनाउनु नै हो।
अहिले देशदौडाहमा नेताहरु शेखर कोइराला, गगन थापा, चन्द्र भण्डारी लगायत निस्किएका छन्। उनीहरु नेपालगञ्ज, बर्दिया लगायतका जिल्लामा भएका कार्यक्रममा व्यस्त छन्। ती कार्यक्रममा शेखर र गगनको एउटै स्वर छ। त्यो हो, अहिले कमजोर देखिएको कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने। कम्युनिस्ट सरकारको भण्डाफोर गर्दै कांग्रेसप्रति आशा जगाउने उद्देश्य लिएर उनीहरु जिल्ला दौडाहमा निस्किएका हुन्। तर, यसको भित्री सार आगामी महाधिवेशनमा बन्न सक्ने समिकरणको संकेत गर्नु समेत हो।
कांग्रेसको वर्तमान नेतृत्वसँग कार्यकर्ता आश्वस्त हुन नसकिरहेका बेला शेखर र गगनहरुले आगामी महाधिवेशनमा आफुहरुको छुट्टै समिकरण बन्न सक्ने संकेत गरिरहेका छन्। आगामी महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा पुनः सभापतिमा उठ्ने चर्चा छ। त्यो बाहेक बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र शेखर समेत सभापतिका बलिया दाबेदार हुन्। संस्थापन पक्षबाट देउवा मात्रै निर्विकल्प दावेदार रहँदा संस्थापन इतरबाट भने थुप्रै आंकाक्षी छन्। यस्तो अवस्थामा शेखर–गगनहरु जग बलियो बनाउने कसरतमा छन्। महाधिवेशनमा शेखर–गगनको जोडी चुनावी मैदानमा उत्रन सक्ने चर्चा कांग्रेस वृत्तमा चलिरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।