आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गगन थापाको खुलासा : भ्रष्टाचारमा गोकुल बाँस्कोटा जत्तिकै दोषी केपी ओली !

गगन थापाको खुलासा : भ्रष्टाचारमा गोकुल बाँस्कोटा जत्तिकै दोषी केपी ओली !

  • आइतवार, फाल्गुण ११ २०७६

  • 5.7K
    SHARES

  • बर्दिया – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगन थापाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नै भ्रष्टाचारमा मुछिएको अवस्थामा पदमा बसिरहने राजनीतिक र नैतिक हैसियत गुमाइसकेको खुलासा गरेका छन् । बर्दियामा आईतबार आयोजित कार्यक्रममा नेता थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा ७० करोड घुस मागेको अडियोबारे प्रधानमन्त्रीलाई पहिल्यै थाहा भएको भन्ने तथ्य गम्भीर रहेको बताए । ‘प्रधानमन्त्रीले भन्नुभयो, गोकुल बाँस्कोटा एकातिर, अरु मन्त्री अर्काेतिर राखेर तौलौं, गोकुल बाँस्कोटाले जित्नुहुन्छ । यसो भन्दै गर्दा प्रधानमन्त्रीले के–के तौलिने भन्नुभएको, मान्छे कि जम्मा गरेको धन ?’ थापाले प्रश्न गरे । प्रधानमन्त्री ओलीलाई सबै कुरा थाहा भएर पनि बाँस्कोटाको प्रशंसा गर्नुको अर्थ प्रधानमन्त्री नै संलग्न भएको आफूहरूको दाबी भएको उनले बताएका छन् । ‘तपाईं संलग्न हुनु भएकाले गोकुल बाँस्कोटा जति दोषी हो, तपाईं पनि त्यति नै दोषी हो,’ उनले भने, ‘प्रधानमन्त्रीले भन्नुहोला, मलाई थाहा थिएन । ठीक छ । जो व्यक्ति प्रधानमन्त्रीको सबैभन्दा नजिकको छ, प्रधानमन्त्रीकै घरमा बस्छ, सरकारको प्रवक्ता छ, उसले गरेको यत्रो घोटाला थाहा छैन भने थाहा चाहिँ के छ ?’ जुनसुकै अवस्थामा पनि केपी ओली प्रधानमन्त्रीमा बसिराख्ने नैतिक हैसियत नरहेको थापाले बताए । ‘आजको दिनमा उहाँसँग प्रधानमन्त्री हुने संख्याको ताकत होला तर नेपालको प्रधानमन्त्री हुने राजनीतिक र नैतिक हैसियत गुमाइसक्नु भएको छ । जतिदिन उहाँ प्रधानमन्त्री भएर रहनुहुन्छ, त्यति अवसर गुमाउँछौं,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण ११ २०७६०२:४७:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend