आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रचण्डले गरे सरकार परिवर्तन हुने खुलासा

प्रचण्डले गरे सरकार परिवर्तन हुने खुलासा

  • आइतवार, फाल्गुण ११ २०७६

  • 5.7K
    SHARES

  • जनकपुरधाम – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनुषा जिल्लाको सांस्कृतिक कार्यक्रममा सहभागी भएका छन् । मिथिलाञ्चल क्षेत्रको महाकुम्भ मानिने १५ दिने मिथिला मध्यमा परिक्रमा कार्यक्रमलाई प्रचण्डले आईतबार उद्घाटन गरे । धनुषाको मिथिलाबिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट डोला उठाउँदै प्रचण्डले राजनीतिक भविष्यवाणी समेत गरे । प्रचण्डले राष्ट्रिय जनता पार्टी (राजपा) सँग नेकपाको छलफल चलिरहेकाले प्रदेश २ सरकार छिट्टै परिवर्तन हुने खुलासा गरे । राजपासँग गृहकार्य चलिरहेको बताउँदै प्रचण्डले तयारी पूरा हुने बित्तिकै प्रदेश सरकार परिवर्तन हुने बताए । हाल प्रदेशमा समाजवादी पार्टी र राजपाको संयुक्त सरकार रहेको छ । चुनावकै बेलादेखि दुवै पार्टीबीच तालमेलका आधारमा प्रदेश सरकार गठन भएको थियो । पछिल्लो समय नेकपासँग राजपाको राजनीतिक निकटता बढेको छ । नेकपा र राजपाले मिलेर सरकार परिवर्तन गर्न सक्ने अंकगणित प्रदेशसभामा रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण ११ २०७६११:५४:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend